लगातार विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

२४ माघ २०७५, बिहीबार १६:५७
 

सदरलाइनडटकम,
रोल्पा : रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । एक महीना अघिदेखि शुरु भएको यस्तो समस्या शुरुमा कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ ।
दैनिक चार–पाँच जनामा यस्तो समस्या देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीहरुबाट तनाव व्यवस्थापनसम्बन्धी कक्षा सञ्चालन गरिएको थियो । उक्त कक्षा सञ्चालनपश्चात् पनि विद्यार्थीमा सो समस्या हल हुनुको साटो वृद्धि भई दैनिक १५–२० जना बिरामी पर्न थालेसँगै विद्यालय बन्द गर्न बाध्य भएको प्रधानाध्यापक लीला आचार्यले बताए ।
बिरामीका अभिभावक तथा अन्य अभिभावकले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेकाले माघ २२ देखि २५ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यपक आचार्यको भनाई छ ।
विद्यालय खुलेलगत्तै मनोसामाजिक विमर्शसम्बन्धी तालीम दिने सोँच बनाएको प्रधानाध्यापक आचार्यले जानकारी दिए । यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रीय मावि खुमेल, खुङ्ग्री, ओतलगायत विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ ।

Next Post

नेपाल–भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिवस्तरीय बैठक शुरु

२४ माघ २०७५, बिहीबार १६:५७
सदरलाइनडटकम, पोखरा : नेपाल–भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिवस्तरीय बैठक आजदेखि पोखरामा शुरु भएको छ । वार्तामा नेपाली टोलीको नेतृत्व वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजु र भारतीय टोलीको नेतृत्व भूपेन्द्रसिंह भल्लाले गरेका छन् । वार्ताले दुई देशबीच व्यापार सहजीकरणकरणका साझा एजेन्डा तय गर्ने सहसचिव सैंजुले जानकारी दिए । यो बैठकले देशबीच […]