२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

रेञ्जरसहित ४ बनकर्मी अख्तियारको नियन्त्रणमा



सदरलाइनडटकम,
नेपालगञ्ज   : अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले ईलाका बन कार्यालय राँझमा कार्यरत चार जना कर्मचारीलाई दशहजार घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार बुधबार साँझ साढे ६ बजे घुससहित नेपालगञ्जको स्नेह होटेल नजिकैबाट दश हजार रुपैयाँ घुस सहित अख्तियारले पक्राउ हो ।

पक्राउ पर्नेमा रेन्जर जगबिर खत्री, फोरेसस्टर बहादुर केसी र केशब बहादुर ओली र बन रक्षक हरीबहादुर चन्द रहेको अख्तियार कार्यालय नेपालगञ्जका प्रमुख गैरेले जानकारी दिएका छन ।

प्राप्त जानकारी अनुसार पक्राउ परेका चारैजनाको स्थलमै मुचुल्का पछि थप अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा राखिएको अख्तिायरले जनाएको छ ।

नियन्त्रणमा रहेका रेन्जरसहितका कर्मचारीले सोवग्राहीबाट नीजि जग्गामा रहेको रूख कटानका लागि टाँचा लगाउनेदेखि कागजपत्र मिलाई दिने भन्दै सो रकम लगेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधबार
ताजा समाचार