नेपाली चिकित्सक क्यान्सर पत्ता लगाउन सक्षम छन्

१९ माघ २०७५, शनिबार ००:५०
 

सदरलाइन  /रुद्र सुवेदी ,
नेपालगञ्ज   : क्यान्सरका विरामी पत्ता लगाउनको लागि नेपाली चिकित्सक नै सक्षम रहेको नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।
नेपाल क्यान्सर अस्पताल एण्ड रिर्सच सेन्टर प्रालि हरिसिद्धी ललितपुरले नेपाल चिकित्सक संघ भेरी र नेपालगञ्ज मेडिकल कलेजसंगको सहकार्यमा नेपालगञ्जमा आयोजित ‘नेपालमा क्यान्सरकोे उपचारमा बहुविषयक संगै नयाँ प्रविधिको प्रयोग’ बारेमा गरिएको कार्यक्रमका सहभागीले सो कुरा औल्याएका हुन ।
क्यान्सरको उपचारको लागि क्रियाशिल चिकित्सक तथा अस्पतालहरु बीचमा आपसी तालमेल र सहकार्य मात्र हुन सके क्यान्सरका बिरामीले उपचारको लागि अनेत्र भौतारिनु नपर्ने सुझाव समेत आएको थियो । ‘भाषा र उपचारको बारेमा सहि ठाँउमा पुग्न नसक्दा नेपाली विरामी निको हुनुको साटो भएको पैसा सकेर झन ग्रशित भएर नेपाल आउने गरेकोले क्यान्सरको उपचारको लागि भारत होईन नेपालकै अस्पताल सक्षम छन’–सबैको एक मत थियो ।
सो अवसरमा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तथा सिनियर कन्सल्टेन्ट मेडिकल अंकुलोजी डा.सुदिप श्रेष्ठले नेपाली विरामी तथा उनका आफन्तहरुमा नेपालमा क्यान्सरको डाईगोनोसिस हुन सक्दैन भन्ने धारणा हटाउन जरुरी भएको बताए । उनले भने–‘ विरामी र उनका आफन्तलाई क्यान्सरको डाईगोनोसिसमा नेपाली चिकित्सक चुक्छन भन्ने गलत धारणाले जरो गाडेर बसेकोछ त्यसलाई चिर्न आवश्यक छ । क्यान्सरको उपचारको लागि अब नेपाल बाहिर जान पर्ने अवस्था छैन ।’
उनले क्यान्सरको बारेमा समुदायमा चेतना पुराउदै क्यान्सर जस्तो रोग नेपालमै पत्ता लगाउन र समयमै औषधि गर्न सके निर्मूल पार्न सकिने बताए ।
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले ‘नेपालीको क्यान्सर उपचार नेपालमै’ भन्ने मुल नाराका साथमा अभियान सुरु गरेको जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले क्यान्सरको उपचार पद्धती बुझाउन नसक्दा विरामी र उनका आफन्तहरुमा अस्पताल प्रति नकारात्मक धारणा उत्पन्न हुने सँगै त्यसले अनावश्यक समस्या उत्पन्न गर्ने गरेको बताए । उनले आफुहरु सहकार्य गरेर अघिबढ्न तयार रहेको बताए ।
सो अवसरमा वरिष्ठ चिकित्सक डा. भोला रिजालले उपचारको विधि र प्रविधिमा आएका परिवर्तनलाई समयानुकुल अवलम्बन गर्दै लैजानु पर्ने कुरामा जोड दिए ।
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका डा.ब्रिजेश राज घिमिरे कन्सलटेन्ट मेडिकल अंकुलोजिष्ठ, डा. हरीप्रसाद ढकाल सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट, डा. कपेन्द्र शेखर अमात्य कन्सलटेन्ट सर्जिकल अंकुलोजिष्ठ, सरोज प्रकाश चटौत सिनियर कन्सल्टेन्ट रेडियोलोजिष्ट, डा.अञ्जु श्रेष्ठ कन्सलटेन्ट गाईने अंकुलोजिष्ठ, डा. यशोबद्र्धन प्रधान डाईरेक्टर प्रिभेन्टिभ अंकुलोजिष्ठ र डा. सुधिर राज सिल्वाल रजिस्टार रेडियशन अंकुलोजिष्ठले क्यान्सरको उपचारको बारेमा विभिन्न बिधि र अपनाईने तरिकाको बारेमा जानकारीमुलक प्रस्तुती गरेका थिए ।
नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. बिनोद कर्णले नेपालगञ्जमा यस्तो खालको कार्यक्रम राखेर क्यान्सरको उपचार पद्धतीको बारेमा जानकारी दिनुको साथै सहकार्यको लागि संघका तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए ।

Next Post

बाँकेको नरैनापुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान शिलन्यास

१९ माघ २०७५, शनिबार ००:५०
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको कर्णाली उपनामले परिचित नरैनापुर गाउँपालिका वडानं २ को अलिनगरमा अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि शिलन्यास गरिएको छ । प्रदेशनं. ५ सरकारको एक स्थानीय तह एक रंगशाला निर्माण गर्ने योजना अनुसार नरैनापुरमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक रंगशाला निर्माणको लागि प्रदेश सभा सांसद कृष्ण केसी नमुना, संविधान सभा […]