चौथो शिव साधना शिविर नेपालगञ्जमा हुने

  
  प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५       | 53 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : फागुन १६ गतेदेखि नेपालगञ्जमा ५ दिने विशेष चौथो शिव साधना शिविर सञ्चालन हुने भएको छ । पिण्डेश्वर शिवलक्ष्मी धाम तुल्सीपुर र चौथो शिव साधना आयोजक समिति नेपालगञ्जद्धारा उक्त शिविर सञ्चालन हुने भएको हो ।
नेपालगञ्ज–१० भृकुटीनगरमा हुने शिविरमा सवा करोड बत्ती बाल्ने, साधना गर्ने, स्वास्थ्य उपचार गर्नेलगायतका कार्यक्रम गरिने आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ । मदन बाबाद्धारा दिइने प्रवचनसँगै ध्यानद्धारा अनेकन विरामीले स्वास्थ्य लाभ लिन सक्नेपनि समितिका संयोजक हरि सुवेदीले जानकारी दिए ।
करीब एक हजार जनाको सहभागिता रहने शिविर सञ्चालनका लागि विभिन्न ९ वटा उपसमिति निर्माण गरिएको सञ्चार संयोजक ओवीराज आचार्यले बताए । साधनामा सहभागी हुने व्यक्तिबाट न्यूनतम शुल्क र विभिन्न दाताको सहयोगमा शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५     6:26:31 PM  |