सदरलाइनडटकम,
नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषधसहित नेपालगञ्जमा दुई जना युवा पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार रुपईडिहाबाट नेपालगञ्ज आउँदै गर्दा नेपालगञ्ज वडा नं. ९ बस्ने आशिष हास्मी र वडा नं. १० बस्ने गुरुप्रसाद लागुऔषधसहित बुधवार अपरान्ह ४ बजे पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ४ सय २५ ट्याब्लेट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी जयपुरका प्रहरी नायब निरीक्षक इन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले हासमीको साथबाट २ सय ७० ट्याब्लेट नाइट्रोभेट र ६५ ट्याब्लेट स्पासमो बरामद गरेको छ भने गुरुप्रसादको साथबाट ९० ट्याब्लेट नाइट्रोभेट बरामद गरेको हो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरी नायब निरीक्षक बस्नेतले बताए ।
Next Post
आदर्श र बाँके शिक्षा मेयरकपको फाइनलमा प्रवेश
१६ माघ २०७५, बुधबार १८:३३
सम्बन्धित
-
२५ असार २०७६, बुधबार १७:२१
होटल बाटिकाका कर्मचारीद्वारा पत्रकारमाथि कुटपिट
-
२५ माघ २०७९, बुधबार १४:५१
उप–मेयर कप छात्रा क्रिकेट प्रतियोगिताको तयारी पूरा
-
१२ असार २०७८, शनिबार १६:४७
पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टि
-
९ आश्विन २०७५, मंगलवार १४:५७
निर्मला हत्याबारे छानबिन समितिले बुझायो प्रतिवेदन
-
१० बैशाख २०७५, सोमबार १९:३०
कृर्षि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न आवश्यक
-
१० पुष २०७९, आईतवार १३:२९
किश्चियन समुदायद्वारा आइतवार क्रिसमस डे मनाईंदै