प्रदेशमा छुट्टै अनुसंधान ब्यूरो सक्रिय : डिआईजी अधिकारी

१५ माघ २०७५, मंगलवार १८:३३
 

सदरलाइनडटकम , 
नेपालगञ्ज  : पाँच नंम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले प्रदेशमा सुरक्षालगायतका विषयमा विषयविज्ञ सम्मिलित १२ जनाको छुट्टै विशेष अनुसन्धान व्युरो बनाएर काम गरि रहेको बताएका छन् ।
प्रदेश प्रहरी तुलसीपुर दाङले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो कुरा बताउदै जानकारी गरएका हुन । ‘ठूला, जघन्य, संगठित अपराधका घटनामा प्रदेश तहबाट निगरानी र विशेष टोली परिचालन गरी अनुसन्धानलाई सहयोग हुन्छ । यस्ता कार्य नियन्त्रण गर्न प्रहरी आक्रामक ढंगले प्रस्तुत हुन्छ ।’
उनले प्रदेश ५ मा विगत ६ महिनाको अवधिमा ९४ थान अवैध हतियारसहित २९ जना पक्राउ परेको जानकारी दिदै अघिल्लो वर्षको तुलनामा अवैध हतियारसहित पक्राउ पर्नेको संख्यामा कमि आएको बताए ।
‘हतियारको प्रयोगबाट हुने अपराध रोक्न१२ वटै जिल्लाका सबै प्रहरी इकाइलाई निर्देशन दिएको छु’, उनले भने, ‘संगठित अपराध, चन्दा आतंक जस्ता कार्यमा हतियारबद्ध गिरोह लागेको हुन्छ । त्यस्तालाई ट्याकल गर्न हतियारबद्ध प्रहरी चाहिन्छ । प्रहरीले त्यसरी नै काम गरि रहेको छ र गर्छ पनि ।’
प्रहरीको सक्रियताका कारण न्यूनिकरण हुँदै गएको उनको दाबी थियो । प्रहरीले बरामद गरेका भरुवा बन्दुक चोरी शिकार गर्ने उद्देश्यले प्रयोग गरिएका आशंका गरेको छ । यो वर्ष सबैभन्दा बढी ७५ वटा भरुवा बन्दुक बरामद भएका छन् ।
प्रदेश प्रहरीले पूर्व–पश्चिम राजमार्ग सुरक्षाका लागि बर्दघाटदेखि चिसापानीसम्मका विभिन्न स्थानमा सिसिटिभी राख्ने योजना बनाएको सो अवसरमा जानकारी दिए ।

Next Post

खजुरा महोत्वसको तयारी तीव्र

१५ माघ २०७५, मंगलवार १८:३३
सदरलाइनडटकम, खजुरा (बाँके) : ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ को तयारी तीव्र भएको छ । महोत्सव माघ २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला […]