चट्टयाङ्ग लागेर दर्जीको मृत्यु

११ माघ २०७५, शुक्रबार १६:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  शुक्रबार दिउसो साढे २ बजेतिर पानीसंगै परेको चट्टयाङ्ग लागेर बाँकेमा एकजनाको मृत्यु भएको छ ।
चट्टयाङ्गमा परेर गम्भीर घाइते भएका नेपालगञ्ज उप–महानगर वडा नं.२३ जंगली सिंहपुरवाका ३७ वर्षिय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो ।
उनलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा शुक्रबार दिउसो २ बजेर ४७ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरिक्षक दिपक मल्लले चट्टयाङ्ग लागेर घाइते अवस्थामा रहेका दर्जीलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा पुराए लगत्तै मृत्यु भएको जानकारी दिए । उनले चट्टयाङ्गसंगै परेको पानीको कारण भएको क्षति संकलन गर्ने काम भई रहेको बताए ।

Next Post

एक दिनको झरीमै नेपालगञ्ज जलमग्न

११ माघ २०७५, शुक्रबार १६:३२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा शुुुक्रवार परेको पानीले नगरका विभिन्न स्थान जलमग्न भएका छन् । मेघगर्जनसहित भएको बर्षाले नेपालगञ्जका न्यूरोड, सुर्खेत रोड, घरबारीटोल, सल्यानीबंगला, सेतुबिक चोक, धम्बोझी, बागेश्वरी मन्दिरलगायतका क्षेत्र जलमग्न भएका हुन् । सडक नै जलमग्न हुँदा सवारी साधान चलाउन र हिँडडुल गर्न कठिनाई भएको छ । सडक विस्तार र […]