अफीमसहित नेपाली महिला भारतमा गिरफ्तार

९ माघ २०७५, बुधबार १९:४६
 

सदरलाइन / नबी अहमद,
रूपईडीहा (भारत) : बाँकेको कोहलपुरकी एक महिलालाई सिमावर्ती भारतीय नाका रुपैडिहमा अफिमसहित पक्राउ परेकी छन् ।

भारतीय सिमा सुरक्षा बल एसएसबी र भारतीय प्रहरीको संयुक्त चेकिंग अभियानमा नेपालबाट भारत जाँदै गरेको अवस्थामा २ किलो ८ सय ग्राम अफिमसहित बाँके कोहलपुरकी जोगमाया भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेकी हुन ।


भारतीय एसएसबी ४२ वीं वाहिनीका सहायक उप निरीक्षक राजेन्द्र कुमारले जोगमायाको साथबाट २ किलो ८ सयग्राम अफिम चेकिङ्गको बेलामा बरामद भएको बताए ।

सो संयुक्त अभियानमा थानाको एसआई अजीतकुमार तिवारी, एसएसबीका एसआई रजिन्दर कुमार, कांस्टेवल सौरभ कुमार, थाने कांस्टेवल परशुराम, महिला जवान संतोष र मेनकाको टोलीले पक्राउ गरेको थियो ।

Next Post

साहित्यकार मोहनराज शर्माको निधन

९ माघ २०७५, बुधबार १९:४६
सदरलाइनडटकम, काठमाण्डौ : साहित्यकार मोहनराजको शर्माको निधन भएको छ । शर्माको बिहीवार उपचारका क्रममा काठमाण्डौको कलंकीको नेशनल अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले बताएका छन् । प्राध्यापक शर्माका छोरा अष्ट्रेलियमा रहेकोले उनी आउन्जेल पर्खिने भएकोले उनको अन्त्यष्टि शनिबार मात्रै गरिने भएको छ । उनको पहिलो प्रकाशित रचना २०१६ सालमा […]