२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

कान्ति आरोग्यमा बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण



सदरलाइनडटकम,
नेपालगञ्ज : बालबालिका र चिकित्सकको सम्बन्धमा प्रगाढ बनाउनको लागि नेपालगञ्जको सुर्खेतरोडमा रहेको कान्ति आरोग्य क्लिनिकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी बालबालिकाको निशुल्क स्वास्थ्य जाँचसंगै खुसी बाँड्ने कार्यक्रम सुरु गरेको छ ।
कान्ति आरोग्य क्लिनिकका सञ्चालकसहित रहकी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको बरिष्ठ बालरोग विशेषज्ञ डा.रोमा बोराले बालबालिकामा लुकेको प्रतिभा प्रस्फुटन संगै उनीहरुमा रहेको स्वास्थ्य समस्या उजागर गर्ने उदेश्यले बालबालिकाको निशुल्क स्वास्थ्य जाँचसंगै खुसी बाँड्ने कार्यक्रम सुरु गरेको बताईन ।
‘बालबालिकाको आईक्यू टेस्ट, पजल टेस्ट, खेलकुद तथा बाल मनोविज्ञान अनुसार उनीहरुको भावना बुझेर उपचार समेत गर्ने गरी कार्यक्रमको सुरुवात गरिएको हो’– उनले भनिन–‘हरेक महिनाको पहिलो साता यस्तो कार्यक्रम आयोजना गरीने छ ।’
उनले बालबालिकाहरुमा स्वास्थ्य परिक्षणको लागि अस्पताल जाँदा उनीहरुको मनमा डर उत्पन्न हुँने बाल मनोविज्ञान रहेकोले यसरी स्वास्थ्य क्लिनिक र विद्यालयका बालबालिकाबीचमा यस्तो खालको कार्यक्रमले राम्रो भूमिका निर्वाह गर्ने दाबी गरिन ।
क्लिनिकमा आएका बालबालिकाहरुमा गरिएको निशुल्क स्वास्थ्य जाँचबाट मुटु, आखा, छाला र पेटको समस्या देखिएको र जटिल समस्या भएको आशंका भएका केहीलाई थप परिक्षणको लागि बोलाईएको डा. बोराले जानकारी दिईन । उनले बालबालिकामा अस्पताल जानको लागि अभिभावक–अभिभावक बीचमै कुरा गर्दा पनि उनीहरु डराउने तथा स्वास्थ्य जाँचका क्रममा पनि चिकित्सकसंग गर्ने व्यवहारमा परिवर्तन ल्याउनको लागि यस्तो कार्यक्रमले सहयोग पुराउने बताईन ।
कान्ति आरोग्य क्लिनिकका सञ्चालक संंदिप अग्रवालले बालबालिकाको निशुल्क स्वास्थ्य जाँचसंगै खुसी बाँड्ने कार्यक्रम हरेक महिनामा करिव ५० बालबालिकाको स्वास्थ्य चेकजाँच संगै उनीहरुमा रहेको प्रतिभालाई समेत उजागर गर्ने बताए ।
उनले हरेक महिना सहभागि भएका बालबालिका मध्येबाट छनौट भएका प्रथम, द्वितिय भएका बालबालिकाबीचमा पुन प्रतिश्पर्दा गराउने जानकारी दिए ।
सोमबार नेपालगन्जको एविसि रेसिडेन्सियल माविका कक्षा १ र २ का ५० बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको सञ्चालक अग्रवालले जानकारी दिए । उनले बालबालिकामा रहेका विभिन्न प्रकारका स्वास्थ्य समस्याको बारेमा जानकारी दिने साथै कक्षामा अध्यापन गराउने शिक्षकलाई समेत बालमनोविज्ञानलाई बुझेर उनीहरुलाई पढाउने तरिका समेत सिकाईने बताए ।  

प्रकाशित मिति : २०७५ माघ ८ गते मंगलबार
ताजा समाचार