धनगढी : कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ ।
घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ ।
घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो ।
घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन् । घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । अत्तरियामा केही दिनदेखि चलिरहेको महोत्सव सकिएको केही समयपछि यो घटना भएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक तिमिल्सेनाले बताउनुभयो । रासस
Next Post
बाँकेमा लैङ्गिकहिंसा पीडितका लागि राहत कोष स्थापनाको पहल
६ माघ २०७५, आईतवार ०८:३७
सम्बन्धित
-
१२ आश्विन २०७९, बुधबार १३:४०
मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्जमा एक जनाको ज्यान गयो
-
४ फाल्गुन २०७६, आईतवार १८:२६
डुडुवामा जन्ती घर निमार्ण हुँदै
-
१५ कार्तिक २०७६, शुक्रबार १३:५४
बसको ठक्करबाट कैलालीमा दुई बालकको मृत्यु
-
६ भाद्र २०७८, आईतवार १६:०५
कोभिड संक्रमणबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु
-
३ भाद्र २०७५, आईतवार १९:५३
जानकीको प्रमुख प्रशासकीय अधिकृतमा लोकबहादुर सुनार
-
८ श्रावण २०८१, मंगलवार १४:३७
प्रधानमन्त्री ओलीसँग रुसी महिला भलिबल टोलीको भेट