नेपालगञ्जमा मनाइयो राष्ट्रीय योग दिवस

१ माघ २०७५, मंगलवार १७:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ चौंथो राष्ट्रीय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रीय योग दिवसका अवसरमा नेपालगञ्ज र्यालीसहित विभिन्न कार्यक्रम गरिएका छन् ।
जिल्ला समन्वय समिति बाँकेको आयोजनामा जिल्ला अयुर्वेद कार्यालयबाट निस्किएको र्याली नगर परिक्रमा गरी बिपी चोकमा पुगेर योगसभामा परिणत भएको थियो । समन्वय समितिका अध्यक्ष अजय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा सयौं जनाले एकसाथ सडकमै योगाभ्यास गरेका थिए ।


कार्यक्रममा योगाभ्यासको आवश्यक्ता र औचित्यको बारेमा प्रकाश पारिएको थियो । कार्यक्रममा अध्यक्ष श्रीवास्तव, नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणालगायतले धारणा राखेका थिए । यस्तै काठमाण्डौमा पनि राष्ट्रीय योग दिवस मनाइएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसहितको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले दिवसको आयोजना गरेको थियो । संयुक्त राष्ट्र संघको आव्हानमा विश्वमा अन्तर्राष्ट्रीय योग दिवस मनाउन शुरु गरिएको हो ।


Next Post

स्थानीय सरकार मनोमानी कर लियो : नेता महत

१ माघ २०७५, मंगलवार १७:२७
सदरलाइनडटकम, रुकुम पश्चिम : नेपाली काँग्रेसका नेता डा. रामशरण महतले स्थानीय सरकारहरुले मनोमानी कर उठाईरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पश्चिम रुकुमले चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय सरकारबजेट मनोमानी रुपमा खर्च गर्दै भ्रष्टाचार बढिरहे पनि संघीय सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए । महतले देशमा अराजकता बढेपनि […]