मेला महोत्सवमा नेउवासंघ सिण्डिकेट कायमै

२४ पुष २०७५, मंगलवार २०:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जको राधाकृष्ण मन्दीर नजिकै बिहीबारदेखि आयोजना गर्न लागिएको नेपालगञ्ज महोत्सवका बिरुद्ध नेपालगञ्ज उद्योग बाणिज्य संघले सिण्डिकेट रबैया अपनाउदै धारणा सार्वजनिक गरेको छ ।
संघका महासचिव अजय टंण्डनद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेमा पठाएको पत्रको सार अनुसार सो मेला आयोजक संस्था एजी सर्भिस प्रालिको आयोजनामा पुस २६ गते विहीबारदेखि माघ ८ गतेसम्म नेपालगञ्ज कृषि, पर्यटन, व्यापार तथा बृहत सांस्कृतिक महोत्सव–२०७५ सञ्चालनमा ल्याउने अन्तिम चरणको तयारीमा जुटेको बेलामा संघले प्रशाशनलाई गुहार्दै ध्यानाकर्षण गर्नु मेला महोत्सवमा संघको मात्रै सिण्डिकेट भएको देखिएको हो ।
संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी पठाएको ध्यानाकर्षण पत्रमा सो महोत्सव आयोजक संस्थाको उद्देश्यमा मेला महोत्सव आयोजना गर्न नपाउने भएको कारणले संघको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
आयोजक संस्थाको प्रबन्धपत्रको उद्देश्यको (१) छ (रातो घेरामा ) अनुरुप मेला महोत्सवको आयोजना गर्न र बजारीकरण गर्ने गराउने उल्लेख भएको कारणले आफुहरुले मेला लगाउन पाउनु पर्ने आयोजक संस्था एजि सर्भिस प्रालिका अध्यक्ष नन्दबहादुर बुढाले दाबी गरे ।
‘सबै प्रकृया पुरा गरेर महोत्सव सञ्चालन गर्न लागेका छौ । हामीले कसैको भाग खोस्ने पनि होईन कम्पनीको उद्देश्य अनुसार प्रकृया पुरागरी महोत्सव आयोजना गर्न लागिएको हो । राज्यले दिएको अधिकारलाई प्रयोग गरी गरेको कामलाई सिण्डिकेट पक्षधरले अबरोध पुराउन खोजे पनि महोत्सव सफल पारेरै छाड्छौ’–उनले भने ।

Next Post

तीस किलो चरेशसहित बाँकेमा तीन पक्राउ

२४ पुष २०७५, मंगलवार २०:१०
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : ठुलो परिमाणको लागुऔषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरीको टोलीले कोहलपुर ९ कौशिल्या मेमोरियल हास्पिटल अगाडीबाट मंगलवार राती ८ बजे उनीहरुलाई पक्राउ गरेको हो । प्रदेश नं. ५ प्रहरी अनुसन्धान ब्युरो नेपालगञ्ज शाखाका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले ३० किलो चरेशसहित […]