डुडुवामा सरसफाई अभियानको थालनी

  
  प्रकाशित मितिः शनिबार, पुस २१, २०७५       | 24 Views   ||

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा चेतनामुलक सरसफाई अभियान शुरु भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिवार सरसफाई अभियान थालिएको हो ।
वडा न.. ४ स्थित रहेको डुडुवा पुलको सरसफाई गरि अभियानको शुरुवात गरिएको छ । वडा नं. ४ र ५ का जनप्रतिनिधी, प्रहरी, सामुदायिक बन, साझेदारी मञ्च, स्थानीयबासीको संयुक्त पहलमा पुलको सफाई गरिएको हो । लामो समयदेखि पुलमाथि माटो जम्नु, खाल्डा खुल्डी भएर फोहोर जमेकाले पुल र सडक वरिपरिको सरसफाई गरिएको वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताए ।
पुल निमार्ण भएपनि सम्वन्धित निकायले ध्यान नदिँदा पुलको संरचना जिर्ण भएको छ । सडक विभागले पुल बनाएदेखि अहिलेसम्म अनुगमन नगरेको स्थानीय युवा बेलबहादुर बोहराले गुनासो गरे ।
सरसफाई अभियानअन्तर्गत गाउँपालिकाका सबै वडाका गाउँ टोल तथा सार्वजनिक स्थलमा चेतनामुलक सन्देश प्रवाहका लागि सरसफाईको प्रेरणा जगाउने कार्यक्रम रहेको कम्दी इलाका प्रहरी कार्यालयका इञ्चार्ज पुर्णबहादुर केसीले बताए ।

प्रकाशित मितिः शनिबार, पुस २१, २०७५     5:32:07 PM  |