बाँकेमा यस वर्ष छिट्टै योजना कार्यान्वयनको चरणमा

१५ पुष २०७५, आईतवार १५:५१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेका स्थानीय तहमा विगत बर्षमा भन्दा छिटो गरी विकास निर्माणका योजना शुरु भएका छन् । आर्थिक बर्ष शुरु भएको ६ महिनाभित्रै योजना कार्यान्वयन भएपछि असारभित्रै काम सम्पन्न हुनेमा नागरिक ढुक्क देखिएका छन् ।
खजुरा गाउँ पालिकाका प्राविधिक शाखा प्रमुख ईञ्जिनियर कञ्चन तिवारीले खजुरा गाउँपालिका अन्तर्गत चालु आर्थिकबर्षको अधिकाँश योजनाको निर्माण शुरु भएको बताए । उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने तय भएका योजनाहरुको धमाधम निर्माण कार्य शुरु भएको भन्दै ईञ्जिनियर तिवारीले टेण्डरको पनि प्रक्रिया पुरा भई सम्झौता हुने चरणमा जानकारी दिए ।
गतबर्ष भर्खरै स्थानीय तहको संरचना भएका कारण अन्यौलता र जानकारी अभावमा ढिलो भएको बताउँदै ईञ्जिनियर तिवारीले यसबर्ष साउनदेखि नै गृहकार्य गरेका कारण छिटो गरी योजना निर्माणको कार्य सुरु गर्न सकेको बताए । गतबर्ष करिब ९५ प्रतिशत योजना सम्पन्न भएको जानकारी दिदैं तिवारीले यसबर्ष शत प्रतिशत काम सम्पन्न गर्ने गरी काम अघि बढाइएको बताए ।
टेण्डर आव्हानबाट काम गर्ने १० बढि योजना छन भने स–साना कल्भर्ट, सडक मर्मत लगायतका काम उपभोक्ता समितिमार्फत सम्पन्न गर्न लागिएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ को ईगाउँदेखि पार्वतीपुर जोड्ने सडकका लागि वडा कार्यालयले २० लाख रपैयाँ बजेट छुट्टाएको छ । उपभोक्ता समितिका अध्यक्ष खड्ग वलीले माटो पटानसहित ग्राविल गर्नेगरी काम शुरु गरिएको बताए । हाल ७ मिटर चौडाईको सडक १० मिटर बनाउने गरी निर्माण शुरु गरिएको छ ।
खजुरामा यसबर्ष वडा नम्बर १ देखि ४ सम्म चारवटा सडक कालेपत्रे गरिने भएको छ । कालोपत्रे सडकमा पनि माटो पटान, ग्राविल र रोलिङ काम सकेर जाडो सकिएपछि फागुनमा कालोपत्रे गर्ने तयारी छ । तर काम छिटो शुरु भएपनि नदी नालाबाट निर्माणजन्य सामाग्री छिटो पाउन नसके काममा ढिलाई हुने देखिएको छ । जिल्लामा निर्माण सामाग्री संकलनका लागि डुडुवा र राप्ती(सोनारी गाउँपालिकाले भर्खरै वातावरण प्रभाव मुल्यांकन पुरा गरेका छन् । जिल्ला सभाले स्वीकृत दिएपछि मात्रै टेण्डर आव्हान हुनेछ ।

Next Post

गुरुङ राष्ट्रिय परिषद्लाई मेयर राणाको सहयोग

१५ पुष २०७५, आईतवार १५:५१
सदरलाइनडटकम, नेपालगञ्ज : गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले एक महिनाको तलबभत्ता गरी ५० हजार रुपैयाँ सहयोग गरेका छन् । नेपालगञ्जस्थित बौद्धगुम्बामा आइतवार आयोजित कार्यक्रममा पुगेर मेयर राणाले स्थानीय तहको निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार सहयोग गरिएको बताए । मेयर राणाले गुरुङ राष्ट्रिय परिषद्लाई […]

सम्बन्धित