अनुसन्धानमा नेपाल प्रहरी सक्षम छ : आईजीपी खनाल

११ पुष २०७५, बुधबार १८:४१
 

सदरलाइनडटकम,
रुपन्देही : नेपाल प्रहरीका प्रमुखव प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले निर्मला पन्तको घटनालाई आधार बनाएर नेपाल प्रहरीमाथि अविश्वास नगर्न आग्रह गरेका छन् । बुटवलमा बुधवार आयोजित कार्यक्रममा बोल्दै उनले अनुसन्धानका घटनामा नेपाल प्रहरी सफल भइरहेको भन्दै एकाध घटनालाई आधार बनाएर नकारात्मक टिप्पणी नगर्न आग्रह गरे ।
हिंसात्मक अधिकांश घटनामा प्रहरी अनुसन्धान सफल भएको भन्दै महानिरीक्षक खनालले निर्मला पन्तलगायतका थोरै घटनामा प्रहरीलाई सफलता नमिलेको स्वीकार गरे । निर्मला घटनाको अनुसन्धान गर्न चारवटा विज्ञ टोली खटिएको जानकारी दिँदै उनले कुनैपनि आपराधिक घटनाको अनुसन्धानमा नेपाल प्रहरी सक्षम रहेको दाबी गरे ।
स्थलमार्ग हुँदै रुपन्देही पुगेएका खनाल जिल्लाको चन्द्रौटा, कृष्णनगर, बुटवल र पाँच नम्वर ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको छुट्टा छुट्टै कार्यक्रममा सहभागी भएका थिए ।

Next Post

बाँके ट्राफिक प्रहरीको रिफलेक्ट स्टिकर अभियान !

११ पुष २०७५, बुधबार १८:४१
सदरलाइनडटकम,  नेपालगञ्ज : सडक दुर्घटना न्यूनिकरणको लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले रातिको समयमा सञ्चालन हुने सवारी साधनमा रिफ्लेक्टर स्टिकर लगाउने अभियान सुरु गरेको छ । यसक्रममा बाँकेको कोहलपुरमा १२० वटा सवारी साधनमा बिहीबार रिफलेक्टर स्टिकर लगाईको हो । नेपालगन्ज र कोहलपुर क्षेत्रमा जाडोको समयमा ‘भिजिविलिटी’ हेर्ने क्षमता अत्यन्तै न्यून हुने […]