नमस्ते भिलेज रेस्टुरेन्टमा ‘म्युजिक फेस्टिवल’ हुँदै

३ पुष २०७५, मंगलवार १९:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपाली ढाकाटोपी दिवस अर्थात अँग्रेजी नयाँवर्ष–२०१९ को अवसर पारेर नेपालगञ्जमा ‘म्युजिक फेस्टिवल’को आयोजना गरिने भएको छ ।
आयोजक बलामी फिल्म इन्टरटेन्ट्मेन्टका समीर बलामीले मंगलबार नेपालगञ्जमा पत्रकार भेटघाट सो कार्यक्रमको जानकारी गराएका छन् ।
नेपालगञ्ज कोहलपुर सडक खण्डको गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टमा ३१ डिसेम्बर (पौष १६) गते बेलुका विभिन्न किसिमले चर्च कमाएका ६ जना राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सो म्युजिक फेस्टिवल गरिन लागेको उनले जानकारी दिए ।
उनले जनवरी १ लाई राष्ट्रिय ढाका टोपी दिवशको रुपमा मनाउने चलन रहेकोले सो कार्यक्रममा पनि सबै दर्शकलाई ढाका टोपी अनिवार्य गरिएको बताए । कार्यक्रममा पाँचदेिख दस हजारसम्म दर्शकको उपस्थिति गराउने लक्ष्य रहेको उनले दाबी गरे ।
उनले कार्यक्रममा सहभागी हुन कलाकारहरु राजेश पायल राई, कमल खत्री, सन्दिप क्षेत्री, सुरज थापा, सुजता पाण्डे र नरेश भट्टराई नेपालगञ्ज आउन लागेको साथै स्थानीय कलाकारको समेत प्रस्तुती रहने र ३१ डिसेम्बरको दिउसो २ बजेदेखि १ जनवरीको राती २ बजेसम्म कार्यक्रम सञ्चालन गर्ने उनले योजना सो अवसरमा सुनाए ।
कार्यक्रममा प्रबेशका लागि विद्यार्थीलाई ५ सय, साधारणका लागि १ हजार र भिआईपीका लागि २ हजार दरका टिकट काट्नु पर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय सारदा ईभेन्टस म्यानेजमेन्टको व्यवस्थापन र नमस्ते रेस्टुरेन्टका विभिन्न परिकार खान पाईने समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Next Post

विपद् सम्वन्धी अवधी भाषामा पाठ्यक्रम निर्माण

३ पुष २०७५, मंगलवार १९:१८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाअन्तर्गतका विद्यालयहरुमा स्थानीय अवधी भाषामा विपद् सम्वन्धी पाठ्यक्रम लागु हुने भएको छ । विद्यालयमा विपद् जोखिम न्युनीकरणका लागि स्थानीय पाठ्यक्रम तयार पारिएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लब र डुडुवा गाउँपालिकाको संयुक्त पहलमा पाठयक्रम निर्माण गरिएको छ । नेपाली भाषामा राम इकबाल मण्डल, […]

सम्बन्धित