बिभिन्न निर्णय गर्दै स्वतन्त्र राजनीतिक समूहको बैठक सम्पन्न

२९ मंसिर २०७५, शनिबार १५:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक सम्पन्न भएको छ । काठमाण्डौस्थित इन्द्रेणी पार्टी प्यालेस बानेश्वरमा भएको समूहको बैठकले नेकपाको नेतृत्वसँग छलफल गर्ने जिम्मा हृदयेश त्रिपाठीलाई दिएको छ ।
देशभरवाट स्वतन्त्र समूहका नेताहरुको प्रतिनिधित्व रहेको भेलाले व्यक्तिगत नभई समुहगतरुपले नै नेकपासँग मिल्ने बारेमा भएको छलफललाई सार्थक परिणाम आउने गरी अघि बढ्ने निर्णय भएको नेता ईश्वरदयाल मिश्रले बताए । विगतमा भएका सहमतिलाई दृष्टिगत गर्दै नेकपासँग जारी छलफललाई परिणाममुखी बनाउन सहभागीहरुले जोड दिएको उनले बताए ।
तत्कालिन अवस्थामा तराई मधेश क्षेत्रमा एमाले–माओवादीको उपस्थिति कमजोर देखिँदासमेत राजनीतिक आधारलाई महत्व दिएर समूहका केही नेताहरुले सूर्य चिन्हबाट चुनाव लड्ने दुरगामी निर्णय गरेपनि त्यसको मुल्याकंन नभएको सहभागिहरुले गुनासो गरेको मिश्रले बताए ।
मधेशी जनअधिकार फोरमलाई नेकपाले विशेष महत्व दिएको प्रति सहभागीहरुले असन्तुष्टि जनाएको नेता मिश्रले जिकिर गरे । स्वतन्त्र राजनीतिक समूह नेकपामा मिलेपछि तराई मधेशमासमेत नेकपा बलियो हुने बैठकले निश्कर्ष निकालेको भन्दै उनले एकीकृत हुने सन्दर्भमा प्रक्रिया अघि बढाइने बताए ।
उक्त समूहवाट गत निर्वाचनमा प्रतिनिधिसभामा ४ जनाले सूर्य चिन्ह लिएर चुनाव लडेका थिए । हृदयेश त्रिपाठी, वृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र र ईश्वरदयाल मिश्रले चुनाव लडेकोमा त्रिपाठीले नवलपरासी र गुप्ताले कपिलवस्तुवाट जीतेका थिए भने प्रदेशसभामा धर्म वहादुर लाल श्रीवास्तव र अजय शाही विजयी भएका थिए ।
(कपिलवस्तुबाट अजय मिश्रको सहयोगमा)

Next Post

खजुरामा लागुपदार्थ नियन्त्रणको थालनी

२९ मंसिर २०७५, शनिबार १५:२७
सदरलाइनडटकम, खजुरा (बाँके) : लागुपदार्थ न्यूनीकरणका लागि खजुरा गाउँपालिकामा प्रयास थालिएको छ । गाउँपालिकाअन्तर्गत ८ वटै वडामा लागुपदार्थ दुव्र्यसन न्यूनीकरणका लागि अभिमुखिकरण सञ्चालन गरिएको छ । यसपछि टोल टोलमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने खजुरा गाउँपालिकाले जनाएको छ । लागुऔषध दुव्र्यसनमा खजुरा क्षेत्र पनि अछुतो नभएकाले उक्त क्षेत्रबाट लागु औषध नियन्त्रण गरी […]