सदरलाइनडटकम,
दाङ : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा बिहीवारदेखि ठप्प भएको छ । साबिक राप्ती उपक्षेत्रीय अस्पतालका कर्मचारीले अस्पतालको सेवा ठप्प पारेका हुन् । अस्पताल विकास समितिमा कार्यरत कर्मचारीले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म अस्पतालको सम्पूर्ण सेवा बन्द गरेका छन् ।
इमरजेन्सी, प्रसूति र हेमोडाइलासिस सेवा भने सुचारु रहेको संघर्ष समितिका संयोजक हिमराज गौतमले बताए । रोजगारीको सुनिश्चितता, तलब भुक्तानीका साथै कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने लगायतका माग राख्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी दिएका छन् ।
Next Post
नदीजन्य पदार्थ संकलनका लागि डुडुवाको आइइई प्रतिबेदन तयार
२७ मंसिर २०७५, बिहीबार १६:२९
सम्बन्धित
-
२२ श्रावण २०७९, आईतवार १५:०७
सिद्धान्तबिहिन गठबन्धनले एमालेलाई फरक पर्दैन : इन्चार्ज थापा
-
३० चैत्र २०७५, शनिबार २१:३७
नेपालगञ्जको बागेश्वरी मन्दिरमा जिब्रो छेडियो
-
२ कार्तिक २०७५, शुक्रबार १६:२०
नेपालगञ्जमा आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट
-
३० कार्तिक २०७९, बुधबार १३:००
बाँके–१ मा बलियो उम्मेदवार सूर्य ढकाल
-
६ असार २०७३, सोमबार ०४:२४
‘बालविवाहबिरुद्ध बालबालिका नै विरोधमा उत्रनु पर्छ’
-
१८ चैत्र २०७९, शनिबार १५:३७
आदर्श मावि खजुराको पूर्व विद्यार्थी भेला