बिभिन्न संगठनको सहयोगमा बागेश्वरी मन्दिरको सरसफाई

२२ मंसिर २०७५, शनिबार १७:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको शनिवार वृहद् सरसफाई गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ अन्तर्गत माता बागेश्वरी वडास्तरीय आमा समूहको अगुवाईमा सामुदायिक प्रहरी सेवा केन्द्र, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलगायतको सहकार्यमा मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
समूहको चौथो शनिवारीय सरसफाईअन्तर्गत विहान उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, वडा अध्यक्ष सुनिलसिंह हमाल, वागेश्वरी गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीलगायतको उपस्थितीमा सामूहिक सरसफाई गरिएको हो ।



सरसफाई अभियान निरन्तर जारी राख्ने दृढता जनाउँदै वडाअध्यक्ष हमालले अन्य ठाउँमा पनि सरसफाईको प्रयास भईरहेको बताए । माता वागेश्वरी वडास्तरीय आमा समुहकी अध्यक्ष हेमादेवि उपाध्यायले आफ्नो फोहर आफै सफा राखौं भन्ने सचेतना फैलाउने प्रयास गरिएको बताइन् ।

Next Post

बाँकेको डुडुवामा निशुल्क स्वास्थ्य शिविर ( फोटो फीचर)

२२ मंसिर २०७५, शनिबार १७:५०
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको कम्दीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । डुडुवा गाउपालिकाको आर्थिक सहयोग तथा ईकरा पोलिक्लिनिक एण्ड डाईगोसिस सेन्टर प्रालिको आयोजनामा एक दिने विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । डुडुवा गाउपालिका वडा नं. ५ को शहिद स्मारक मावि कम्दी मिलनचोकमा शनिबार आयोजित सो […]