स्वास्थ्य स्वयंसेविका दिवसमा प्रभात फेरी

२० मंसिर २०७५, बिहीबार १६:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : १५ औं राष्ट्रीय महिला स्वास्थ्य स्वयं सेविका दिवसका अवसरमा बिहीवार नेपालगञ्जमा प्रभातफेरी गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल महिला स्वास्थ्य स्वयंसेवीको आयोजनामा ब्याण्ड बाजासहित र्याली निकालिएको छ भने २३ वटै वडाका स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरिएको छ ।
उपमहानगरपालिकाको मुल गेटदेखि शुरु भएको प्रभातफेरी त्रिभुवनचौक, त्रिवेणीमोड, घरवारी टोल हुँदै धम्वोझीबाट ओम रिसोर्टमा पुगेर सभामा परिणत भएको थियो । महिला स्वास्थ्य स्वयं सेविकाको निःस्वार्थ सेवा राष्ट्र निर्माणमा टेवा भन्ने नारासहितको र्यालीमा स्वयंसेवीले स्वास्थ्य सचेतना फैलाएका थिए । निरन्तर स्वास्थ्य सेवामा योगदान पुर्याएको भन्दै २३ जना महिला स्वयं सेविकालाई कदर पत्र, तामाको कलश, दोसल्लासहित सम्मान गरिएको थियो ।



सम्मान गर्दै उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला स्वयं सेविको भूमिका र जिम्मेवारीअनुसार राज्यले प्रयाप्त सेवा सुविधा दिन नसकेपनि उनीहरुका सवाल र मुद्दामा स्थानीय तह थप जिम्मेवार बन्दै गएको दावी गरिन् ।
महिला स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्ष मन कुमारी सिलवालले राष्ट्रीय अभियान सफल बनाउनेदेखि बाल, मातृ मत्यूदर न्यनूीकरणमा समेत भूमिका निर्वाह गरिरहेको स्वयंसेवीलाई सम्मानपुर्वक हेर्न र व्यवहार गर्न आग्रह गरिन् ।

Next Post

एमबिबिएस पढ्न प्रतिमालाई सहयोग जुट्दै

२० मंसिर २०७५, बिहीबार १६:४०
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँकी प्रतिमा शर्मालाई एमबिबिएस अध्ययनका लागि नेपालगञ्जस्थित धम्बोझी क्लबले २५ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबका अध्यक्ष एवं युवा ब्यवसायी देवेन्द्र खड्का र सल्लाहकार प्रमोद रिजालले बिहीवार प्रतिमाका बुवा मदनलाई निवासमै पुगेर क्लबका तर्फबाट सहयोगस्वरुप २५ हजार नगद हस्तान्तरण गरे । […]