यमपञ्चकको चौथो दिन गोरु र गोबर्धन पूजा गरिँदै

२२ कार्तिक २०७५, बिहीबार १५:३३
 
Nepalis worship self on Mha puja

सदरलाइनडटकम,
नेपालगञ्ज : यमपञ्चक अर्थात् तिहारको चौथो दिन बिहीवार गोबर्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई लक्ष्मीको प्रतीकका रुपमा सिंग र खुरमा तेल तथा जीउमा रातो पहेंलो छाप लगाई बुधवार पूजा गरेपछि बिहवार गोरु पूजा गर्ने प्रचलन छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ । यसैगरी आजै गोर्वधन पूजा पनि गरिँदैछ ।


गाईको गोबरबाट गोवर्धन पर्वत बनाई पूजा गर्ने हिन्दु परम्परा छ । भगवान कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलबासीलाई ठूलो बर्षाबाट जोगाएर इन्द्रको घमण्ड तोडेको बिश्वासका साथ गोवर्धन पूजा गरिन्छ ।
यस्तै वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । गोरुलाई पनि पूजागरि माला लगाईदिएर मिठो मिठो परिकार खान दिने प्रचलन छ ।
यसैगरी नेपालको तराई क्षेत्रमा र भारतमा बिहीवार अन्नकूट मनाईंदैछ । ५६ प्रकारको ब्यञ्जन (भोजन) बनाएर भगवानलाई भोग लगाइन्छ । यसरी लगाइएको भोग भक्तजनहरुलाई प्रसादको रुपमा दिईन्छ ।


Next Post

जीप पल्टिँदा दाङमा २७ जना घाइते, पाँचको अवस्था गम्भीर

२२ कार्तिक २०७५, बिहीबार १५:३३
सदरलाइनडटकम, दाङ : देउसीभैलो खेल्न हिँडेको जीप दुर्घटना हुँदा दाङमा २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेले बताए । तुलसीपुर ७ का १६ वर्षीया रमा एलसी, सोही ठाउँ निवासी विपना चौधरी, १४ वर्षीया रन्जीता […]