सदरलाइनडटकम,
काठमाण्डौ : निर्मला पन्तको हत्या प्रकरणमा थप दुई जना प्रहरी निलम्बित भएका छन् । घटना अनुसन्धानमा लापरबाही गर्ने प्रहरी नायव निरीक्षक हर सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बित भएका हुन् ।
एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसमा उनीहरु निलम्बनमा परेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले बताए । भाद्र ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिसअनुसार यसअघि ६ जना प्रहरीलाई निलम्बिन गर्ने निर्णय गरिएको थियो ।
प्रहरी उपरीक्षक डिल्ली विष्टसहित प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी यसअघिनै निलम्बित भईसकेका छन् । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
Next Post
बझाङ प्रहरीद्वारा अवैध मदिरा नष्ट
२२ आश्विन २०७५, सोमबार १३:४५
सम्बन्धित
-
१७ फाल्गुन २०७८, मंगलवार १८:४९
हमाल नै बाँके काँग्रेसका संस्थापन पक्षको उम्मेदवार
-
३ श्रावण २०८१, बिहीबार १९:१०
बाँकेमा एकवर्षमा भएका १५८ वटा सडक दुर्घटनामा परेर ६६ जनाको मृत्यु
-
७ पुष २०८०, शनिबार १७:०३
प्लानको परियोजना सल्लाहकार समितिद्वारा अनुगमन
-
२१ माघ २०७४, आईतवार ०८:०४
केन्द्रले तोक्यो प्रदेशका जिम्मेवारी
-
७ आश्विन २०८०, आईतवार १४:३२
बालसुधार गृह घटना : फरार चार जना अझै भेटिएनन्
-
२९ श्रावण २०८१, मंगलवार ०९:५०
नरैनापुरमा बालिकाको विद्यालय ड्रपआउट दर घटाउन ‘उडान’ कक्षा सुरु