स्वास्थ्य सेवाको प्रभावकारिताबारे संयुक्त अनुगमन

१२ आश्विन २०७५, शुक्रबार १८:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाअन्तर्गत इन्द्रपुर र बेलभार स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधाका बारेमा शुक्रवार संयुक्त अनुगमन गरिएको छ । सो क्रममा स्वास्थ्य चौकीले प्रवाह गर्ने विभिन्न स्वास्थ्य सेवाहरुको गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो ।
सेभ द चिल्डे«नको सहकार्यमा बाँके युनेस्को क्लवद्वारा सञ्चालित मातृ नवजात शिशु तथा बालस्वास्थ्य परियोजना अन्र्तगत गरिएको अनुगमनमा जानकी गाउँपालिकामा ९ प्रतिशत महिलाहरु घरमा बच्चा जन्माउने गरेको बताइएको थियो । स्वास्थ्य सचेतनाको अभावमा महिलाहरु स्वास्थ्य संस्थामा नजानु, समयमा गर्भवती जाँच नगराउनु, महिलाहरुले पोषणयुक्त खाना नखानले आमा र बच्चाको मृत्यु हुने गरेको छ ।
गत आर्थिक वर्ष २०७४÷०७५ मा गाउँपालिकाको गनापुरमा १३७, साईंगाउमा ११७ र बेलभार स्वास्थ्य चौकीमा ८० जना महिलाले सुरक्षित बच्चा जन्माएको गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर गुरुङले बताए । उनका अनुसार गतवर्ष २ जना र नया आर्थिक वर्षको साउन महिनामा मात्र २ आमाको मृत्यु भएको छ । उक्त गाउँपालिकामा कुल ६ वटा स्वास्थ्य संस्थामध्ये ३ वटामा मात्र प्रसुती केन्द्र रहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य सचेतनाको अभावमा समुदायमा आमा र नवजात शिशुको समेत मृत्यु बढने गरेको स्वास्थ्य संस्थाहरुले बताएका छन ।

Next Post

नवलपरासीमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु, ३२ घाइते

१२ आश्विन २०७५, शुक्रबार १८:२१
सदरलाइनडटकम, नवलपरासी : नवलपरासीमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३२ घाइते भएका छन् । कावासोती–१६ मा शनिवार बिहान बस र ट्रक ठोक्किँदा बसचालक बाँके कोहलपुर नगरपालिका ४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको हो । घाइते ३२ जनामध्ये ११ को […]