सदरलाइनडटकम,
काठमाण्डौ : दशैँका लागि मंगलवारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगै व्यवसायीहरु अग्रिम टिकट बुकिङ गर्न तयार भएका हुन् ।
सरकारसँग सोमवार भएको सहमतिअनुसार मंगलवार बिहान ९ बजेदेखि अग्रिम टिकट बुकिङ शुरु गर्ने नेपाल राष्ट्रीय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न आफूहरुले माग गरेपनि सरकारले भाडा वृद्धि गरेर आफूहरुलाई केही राहत दिएको महासंघका महासचिव सिटौलाले जानकारी दिए ।
यात्रुको माग दृष्टिगत गर्दै सवारी साधन व्यवस्थापन गरिने सिटौलाको भनाई छ । यसअघि व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजसहित उचित भाडा समायोजन गर्नुपर्ने माग सम्बोधन नभएसम्म दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने बताउँदै आएका थिए ।
Next Post
तुलसीपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना घाईते
८ आश्विन २०७५, सोमबार १७:०९
सम्बन्धित
-
२४ जेष्ठ २०८०, बुधबार १९:३६
पर्ल परियोजना मार्फत बर्दियाका एकसय २० युवा महिला स्वरोजगार भए
-
२० श्रावण २०७९, शुक्रबार १४:५४
कैलालीमा एक कोरोना संक्रमितको मृत्यु
-
२६ मंसिर २०७९, सोमबार १४:३२
लैंगिक समानता र रोजगारीमा पर्ने प्रभावबारे बर्दियामा संवाद
-
१४ जेष्ठ २०८०, आईतवार १५:१५
रेशम चौधरीलाई सजाय माफी दिने अन्तिम तयारी
-
२८ माघ २०७८, शुक्रबार १४:२९
लागूऔषधसहित एक जना प्रहरी नियन्त्रणमा
-
२२ बैशाख २०७६, आईतवार १८:५५
‘फणी’बाट बंगलादेशमा पाँचको मृत्यु, ६० घाइते