वर्षा र सहकालका देवताको पूजा गरि इन्द्रजात्रा मनाईंदै

८ आश्विन २०७५, सोमबार १०:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा पर्व सोमवार मनाइँदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आजाका साथ परम्परागतरुपमा यो पर्व काठमाण्डौ उपत्यकालगायत मुलुकको अन्य केहि स्थानमासमेत मनाइन्छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाईन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडी धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङो ठड्याएपछि यो जात्रा शुभारम्भ हुन्छ । जात्राका अवसरमा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
शत्रुलाई पराजित गरपछि विजयोत्सवका रुपमा इन्द्रजात्रा मनाउने गरिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । भूकम्पले भत्किएको गद्दी बैठक यसवर्ष पुनःनिर्माण सम्पन्न भएकाले त्यहीँ इन्द्रजात्राका कार्यक्रम गरिनेछ ।

Next Post

मूल्यवृद्धि विरुद्ध नेविसंघद्वारा काठमाण्डौमा प्रदर्शन

८ आश्विन २०७५, सोमबार १०:५३
सदरलाइनडटकम, काठमाण्डौ : नेपालीहरुका महान पर्व दशै नजिकिँदै गरेको बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही […]