तीजमा खजुरा बन्यो महोत्सवमय (फोटो सहित)

२७ भाद्र २०७५, बुधबार १९:५८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : नेपाली महिलाहरुको महान चाड हरितालिका तीज देशभर धुमधामका साथ मनाईएको छ । हरितालिका तीजका अवसरमा बाँके जिल्ला तीजमय बनेको छ ।
नेपाली महिलाको महान चाड तीजका अवसरमा बाँकेको विभिन्न ठाउँमा तीज महोत्सवलगायतका कार्यक्रमसमेत आयोजना गरिएका छन् ।
लायन्स क्लवद्वारा खजुरामा आयोजित तीज महोत्सवलाई अवलोकन गर्न बाँकेलगायत आसपास क्षेत्रबाट उल्लेख्य सहभागिता रहेको थियो । खजुरामा जारी महोत्सवमा तीज गीतका साथै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिँदैछ । यस्तै नेपालगञ्ज, कोहलपुर लगायतका आसपास गाउँठाउँमा समेत तीजको नाचगान भईरहेको छ ।
पछिल्लो समय तीजका नाममा उच्छृंखलता र तडकभडक बढ्दै गएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं फेशन प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा फैलाउन खोजेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डाक्टर गोविन्द टण्डन बताउँछन् । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनु पर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीले जोड दिएका छन् ।  

Next Post

एकअर्काको धर्मको सम्मान गर्न सरोकारवाला प्रतिबद्ध

२७ भाद्र २०७५, बुधबार १९:५८
सदरलाइनडटकम, डुडुवा (बाँके) : सबै धर्मका चाडपर्वलाई एकले अर्काको धर्मको सम्मान गरी चाडपर्व मान्ने वातावरण मिलाउने प्रतिबद्धता जनाइएको छ । चाडपर्व नजिकिँदै जाँदा सौहाद्रपूर्ण वातारवण बनाउनका लागि बिहिवार बाँके डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा गरिएको एक कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । विभिन्न धर्मका अगुवा, जनप्रतिनिधी, राजनैतिक दल, बुद्धिजीवि, […]