नायिका पुजाको दर्शकसँग ‘रामकहानी’

२७ भाद्र २०७५, बुधबार १७:१२
 

सदरलाइनडटकम,
चितवन : शुक्रवार रिलीज भएको नेपाली कथानक चलचित्र ‘रामकहानी’की नायिका नायिका पुजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेतले उक्त फिल्म चितवनका दर्शकसँगै बसेर हेरेका छन् । तीजको अवसर पारेर दर्शकसँगै बसेर चलचित्र हेर्न चितवन पुगेको नायिका पूजा शर्मालाई हेर्न चितवनको जलमा, इन्द्रदेव, गणेशलगायतका हलमा दर्शकको भीड लागेको थियो । नायिका शर्माले दर्शकसँग तस्बिर लिनुका साथै चलचित्र मन पराइदिएकोमा धन्यवादसमेत दिएकी थिइन् । चितवनका जलमा, इन्द्रदेव, गणेशको साथमा टाडीको पर्सामासमेत हाउसफुल चलचित्र चलेको फिल्महलका एमडीले बताए । काठमाण्डौका मल्टिप्लेक्समा पनि चलचित्रले तीजको बिदाको फाइदा उठाएको छ । अधिकांश हलमा दर्शकको उपस्थिती बाक्लो थियो ।
सुदर्शन थापा निर्देशित उक्त चलचित्रले समिक्षक र दर्शकको माया पाएको छ । हलमा पुरुषका साथै महिला दर्शकको पनि बाक्लो उपस्थिती थियो । हलमा पुजा, आकाश र शोभितलाई पुष्पगुच्छाले स्वागत गरिएको थियो ।

Next Post

जघन्य अपराधमा फरार सात जना बाँके प्रहरीद्वारा पक्राउ

२७ भाद्र २०७५, बुधबार १७:१२
सदरलाइनडटकम, नेपालगञ्ज : अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका दोषीहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । २०७० सालदेखि अदालतले गरेको फैसला कार्यान्यन गर्नेतर्फ सक्रिय भएको प्रहरीले उक्त अभियानलाई निरन्तरता दिँदै प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटेको टोलीले फरार व्यक्तिहरुलाई पक्राउ गर्न थालेको हो । अभियानअन्तर्गत बाँके प्रहरीले हालसम्म सात […]