सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानी राष्ट्रपति अशरफ घानीको निवास नजिकै रकेट प्रहार भएको छ । राजधानी काबुलमा राष्ट्रपति घानीले टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा मंगलवार रकेट प्रहार भएको हो । इद अल–अदाको अवसरमा उनी सम्बोधन गरिरहँदा रकेट प्रहार भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
कूटनीतज्ञहरुको निवासलाई लक्षित गरि आक्रमण गरिएको र राष्ट्रपतिको निवास नजिकै रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
रकेट प्रहारपछि उक्त क्षेत्रको आकाशमा धुवाँ र धुलो उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रकेट आक्रमणलगत्तै त्यहाँ बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।
(एजेन्सीको सहयोगमा)
Next Post
प्रदेश पाँचमा बुधवार सार्वजनिक बिदा
५ भाद्र २०७५, मंगलवार १४:५४
सम्बन्धित
-
२० असार २०८१, बुधबार १९:००
कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन
-
२३ चैत्र २०७४, शुक्रबार ११:०८
प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत
-
१ भाद्र २०७५, शुक्रबार १४:२९
परराष्ट्रमन्त्री ज्ञवाली र काँग्रेस नेता निधि दिल्लीमा
-
२५ मंसिर २०७४, सोमबार ११:१४
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले भने ‘साम्प्रदायिकताको राजनीति अन्त्य हुन्छ’
-
१० असार २०७७, बुधबार १६:११
लद्दाख पुगे भारतीय सेना प्रमुख
-
२४ आश्विन २०७९, सोमबार १८:५६
प्रदेशसभा सदस्य उम्मेदवार ‘नमुना’ बाढी प्रभावित क्षेत्रमा