साउनको अन्तिम सोमवार बागेश्वरी मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड

२८ श्रावण २०७५, सोमबार १३:०२
 

सदरलाइनडटकम नेपालगन्जः साउनको अन्तिम सोमवार आज बाँकेको बागेश्वरी मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ । बिहानदेखि परिरहेको पानीको प्रवाह नगरी श्रद्धालुहरु बागेश्वरीस्थित जुंगे महादेवलाई गाईको दूध, जल चढाएर पूजाआजा गरिरहेका छन् ।
अविरल वर्षात्का बावजूद भक्तजनहरुको आस्थामा कुनै कमी आएको छैन । यस्तै काठमाण्डौमा पनि विहानैदेखि परिरहेको पानीको प्रवाह नगरी श्रद्धालुहरु पूजाआजाका लागि पशुपतिनाथ मन्दिरमा लामबद्ध छन् । उता कोटेश्वरको महादेवस्थान, ललितपुरको कुम्भेश्वरसहित देशैभरका शिवालयमा भक्तजनहरुको घुईंचो लागेको छ ।
साउनको सोमवार भगवान शिवको व्रत बस्नाले श्रीमान् दीर्घायु हुने हिन्दू महिलाहरूको विश्वास छ । त्यसैले साउनको सोमवार महिलाहरूले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी लागाएर शिवको व्रत बस्ने गर्दछन् ।

Next Post

राप्तीनदीमा पानीको सतह चेतावनी नजिक पुग्दै, सतर्क रहन प्रशासनको आग्रह

२८ श्रावण २०७५, सोमबार १३:०२
सदरलाइनडटकम नेपालगन्जः सोमवार बिहानदेखि भईरहेको लगातार बर्षातका कारण बाँकेस्थित राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बढेर चेतावनीस्तर नजिकै पुग्न लागेको छ । कुसुमस्थित राप्ती नदीमा दिउँसो सवा १ बजे पानीको सतह ४ दशमलव ४० मिटर रहेको बाढी मापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाले बताए । उनका […]