सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सह–निर्देशक डा. कुमार पोख्रेलले पदबाट राजिनामा दिएका छन् ।
उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सह–निर्देशकको रुपमा कार्यरत रहेका थिए ।
बिगत ३ वर्षदेखि अस्पतालको सह–निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आएका डा.पोख्रेलले बिरामीहरुको उपचारलाई प्राथमिकता दिदै सह–निर्देशकको जिम्मेवारीबाट राजिनामा दिई चिकित्सकिय पेशामा फर्किएका हुन ।
त्रिविवि शिक्षण अस्पताल महाराजगंजबाट चर्म रोगसम्बन्धी बिशेषज्ञता हासिल गरेका डा. पोख्रेल नेपालगन्ज मेडिकल कलेजको सह–प्राध्यापकको रूपमा समेत कार्य गर्दै आएका छन्।