पूर्ण साक्षर गाउँपालिका घोषणा गर्न शैक्षिक अभियान

२४ श्रावण २०७५, बिहीबार १६:०५
 

सदरलाइनडटकम, 
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिका घोषणा गर्न शैक्षिक अभियानको थालनी भएको छ ।
आगामी फागुन पहिलो हप्ता पूर्ण साक्षर गाउँपालिका घोषणा गर्ने गरी योजना बनाईएको स्रोत व्यक्ति मुनिर अहमद खाँले जानकारी दिए ।
अभियानलाई सम्पन्न गर्न अहिले विद्यालयका प्रधानाध्यापक हरुसँग वैठक गरी तथ्यांक संकलनको काम सुरु गर्न लागिएको उनले बताए ।
गाउँपालिका भित्रका ६ वटै वडाको तथ्यांक संकलन गरी वडागत रुपमा पूर्ण साक्षर वडा घोषणा गर्दै गाउँपालिकालाई घोषणा गर्ने लक्ष्य रहेको उनको भनाई रहेको छ । करिव ३ देखि ५ हजार बालबालिका विद्यालय बाहिर रहेको उनको अनुमान छ ।
‘यो भन्दा पहिला संकलन गरिएको नमूना तथ्यांकले २ हजार बालकालिका विद्यालय बाहिर रहेको देखाउँछ’–शिक्षा शाखा स्रोत व्यक्ति खाँले भने–‘तर अहिलेको अवस्थामा ३ देखि ५ हजारको बीचमा बालबालिका विद्यालय बाहिर रहेको मेरो अनुमान छ ।’
जानकी गाउँपालिकामा ३ मावि, ६ आधारभूत सहित ४५ विद्यालय रहेका छन् । मधेशी समुदायको बाहुल्यता रहेको जानकी गाउँपालिकामा शिक्षा र जनचेतनाको अभाव रहेकोले पूर्ण साक्षर गाउँपालिका घोषणा गर्न ठूलै चुनौति रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीले बताए ।
उनले चुनौतिलाई सामना गर्न जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र शिक्षाको क्षेत्रमा काम गर्ने संघ–संस्थासँगको समन्वयमा पूर्ण साक्षर अभियानलाई अघि बढाईने जानकारी दिए ।

Next Post

महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाको भवन उद्दघाटन

२४ श्रावण २०७५, बिहीबार १६:०५
सदरलाइनडटकम,  रोल्पा : प्रहरी नायव महानिरिक्षक धिरु बस्न्यातले नेपाल प्रहरीले महिला तथा बालबालिकाको क्षेत्रमा अत्यन्तै संवेदनशिल रहेकाले महिला तथा बालबालिकासंग सम्बन्धित मुद्दाहरुको सुनुवाई गर्न छुट्टै व्यवस्था गरेको बताएका छन् । उनले बुधबार जिल्ला प्रहरी कार्यालय रोल्पाको परिसरभित्र बनेको महिला तथा बालबालिका सेवा केन्द्र भवन उद्घाटन गर्दै सो कुरा बताएका हुन […]

सम्बन्धित