बालबालिकाको लागि आकर्षण बन्दै महेन्द्रपार्कको ‘मिनि जु’

१३ श्रावण २०७५, आईतवार १५:१५
 

सदरलाइन / गीता आचार्य  
नेपालगन्ज : नेपालगन्जको महन्द्रपार्कलाई विकास गरी ‘मिनी जु’ बनाएपछि अधिकांशको गन्तब्यको स्थान बन्न सफल भएको छ । सहरको बिच भागमा रहेको एकमात्र सो पार्क नेपालगन्ज उप–महानगरपालिकाको स्वामित्वमा रहेको छ ।
महेन्द्रपार्कलाई तत्कालिन नेपालगन्ज नगरपालिकाको पहलमा बिभिन्न किसिमका चराचुरुङ्गी, तथा जंगली जनावर संकलन गरी मिनी जु बनाईएको सो पार्कको रेखदेख गर्दै आएको राकेश भारतीले जानकारी दिए ।
‘सरसफाई र सुविधा बढाउन सके नेपालगन्ज उप–महानगरपालिकाको आम्दानी बढ्नुको साथै धेरै युवा जोडी र बालबालिकाको गन्तब्य नै बन्न सक्ने अवस्थाको मिनि जु जसो तसो सञ्चालनमा आएको छ’–भारतीले भने ।
उनले यसपार्कमा युवा जोडी, बालबालिका, विद्यार्थी बढी जसो आउने गरेको बताए । महेन्द्रपार्कको मिनिजुमा अस्टिज २ वटा कृष्णसार २, चीतल १२, बाँदर ४, मुनिया चरा ३०, चाईनीज मुसा १२, ताल चरी १, खरायो ५०, परेवा २०, रहेका छन भने बालबालिका खेल्नको लागि चिप्लेटी पीङ्ग रहेका छन ।
लामो समयदेखि यो महेन्द्रपार्कमा १० रुपैयाँको टिकटको व्यवस्था गरिएको र सो टिकटबाट उठेको रकम ‘मिनि जु’ का जनावरको रेखदेखमा खर्च गरिने गरेको भारती बताउछन् । उनले नयाँ जनावर थप्न सके अवलोकन गर्न आउने पनि बढ्ने र आम्दानी पनि बढ्ने भएकोले यस तर्फ सबैको ध्यान जान सके राम्रो हुने बताए । उनले पार्कको आसपास र पार्कमा गरिने भोज भतेरमा बजाईने डिजे तथा साउण्ड सिस्टमका कारण जनावरलाई अति नै डिस्टब हुने गरेको बताए ।
महेन्द्रपार्कमा शनिबारको दिन अरुबार भन्दा बढी भिडभाड हुने गरेको उनले बताए । ‘शनिबार सबैको बिदा हुने भएको ले २ सय ७५ देखि ३ सयसम्मको संख्यामा मानिसहरु आउने गरेका छन्’–उनले भने–‘अरु दिन भने ९० देखि १सयसम्म आउने गरका छन् ।’ प्रशिक्षार्थी

Next Post

दलित परिवारलाई कुखुराका चल्ला वितरण

१३ श्रावण २०७५, आईतवार १५:१५
सदरलाइनडटकम नेपालगन्ज : दलित महिलाको आयआर्जन बृद्धि गर्न दलित महिला संघ (फेडो) बाँकेले कुखुराको चल्ला वितरण गरेको छ । दलित महिलालाई कुखुरा पालनमा आकर्षण गर्न प्रतिव्यक्ति १५ वटा कुखुराको चल्ला वितरण गरिएको हो । खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाका एक सय घरपरिवारका दलित महिलालाई सो कुखुरा वितरण गरिएको संघका जिल्ला […]