सदरलाइनडटकम
नेपालगन्ज : नेपाल प्रेस ईन्सिच्यूट क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जले राप्ती सोनारी गाउँपालिका वडा नं. २ संगको सहकार्यमा आयोजित ३ दिने उद्घोषण तालिम शुक्रबार समापन भएको छ ।
गाउपालिकाको वडा नं.२ को कार्यालयमा आयोजना गरिएको सो उद्घोषण कार्यक्रमको समापन गर्दै राप्ती सोनारी गाउपालिका वडा नं. २ का अध्यक्ष मदनकुमार वलीले तालिममा सिकेको कुरा व्यावहारमा उर्तान आग्रह गरे । उनले यस्ता तालिमले युवाको व्यक्तित्व विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै क्षमता अभिबृद्धिको लागि आगामि दिनमा समेत सहकार्य गरिने बताए ।
नेपाल प्रेस ईन्सिच्यूट नेपालगन्ज सञ्चालक समितिका संयोजक हेमन्त कर्माचार्यको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रशिक्षार्थीद्वय राजकुमार चौधरी र कमला विष्टले सिकेका कुराहरु व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए ।
सो तालिममा नेपाल प्रेस ईन्सिच्यूट नेपालगन्ज सञ्चालक समितिका संयोजक कर्माचार्य, तालिम संयोजक रुद्र सुवेदी, शंकर खनाल र आरिफ अन्सारीले सहजिकरण गरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको सो तालिममा सोही वडाका ३० जना स्थानीय युवा, युवती सहभागि रहेका तालिम संयोजक सुवेदीले जानकारी दिए ।
वडा अध्यक्ष वली, सचिव बुद्धि भण्डारी र प्रशिक्षक खनालले सहभागिलाई प्रमाणपत्र वितरण गरेका थिए ।