नेपालगन्जको वडानं. १० मा बालमैत्री योजना छनौट

५ असार २०७५, मंगलवार २१:३५
 

सदरलाइनडटकम
५ असार नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा न १० मा वडास्तरिय बाल भेलाले आगामी वर्षका लागि बालमैत्री योजना छनौट गरेको छ ।बालबालिकाको क्षेत्रमा लगानी गरौं, बालमैत्री स्थानीय तह निर्माण गरौं, भन्ने नारालाई सार्थक बनाउन आर्थिक वर्ष ०७५÷०७६ का लागि बालमैत्री योजना निर्माण गर्न वडास्तरका बालबालिका जुटेका हुन् ।
आठ वर्षदेखि माथिका बालबालिकालाई ३ वटा समूहमा विभाजित गरेर बालबालिकाको समग्र सवाल पहिचान, आवश्यक्ता र मागलाई समेटीएको छ । वडास्तरिय बालक्लव सञ्जाल अध्यक्ष ऋतिक शाहीको अध्यक्षतामा ३० जना सहभागि भेलाले विशेषत बालमैत्री स्थानीय तह निर्माणका लागि बाल योजना प्राथमीकरण गरि वडा भेलामा पठाउने तयारी गरेको छ ।
वडा अध्यक्ष विन्दुभुषण बस्नेत, वडा सदस्यहरु बसन्ता जोशी, राजपति वसखोर, मनोज शाही, नगर बालक्लव सञ्जालका अध्यक्ष अञ्जना चतुर्वेदी र देवा खत्रीको समेत उपस्तिी रहेको भेलाले बालश्रम, बाल विवाह न्यूनीकरण, बाल उद्यान, विद्यार्थी भर्ना, बाल कोष स्थापना लगायतका विषयलाई उठान गरेको छ ।
भेलालाई सेभ द चिल्डेनका विरेन्द्र थापा र सामाजिक परिचालिका रजनी खनालले सहजीरकण गरेका थिए । 

Next Post

सिकलसेल जाँच गरेरमात्र विवाह गर्न चिकित्सकको सुझाव

५ असार २०७५, मंगलवार २१:३५
सदरलाइन / रुद्र सुवेदी नेपालगन्ज : जातिमा मात्र जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेलको रोकथाम र सचेतनाको लागि थारु समुदायमा बैवाहिक सम्बन्ध कायम राख्दा सिकलसेल जाँच गराएर मात्र विवाह गर्न चिकित्सकले सुझाव दिएका छन् । नेपालगन्जको भेरी अञ्चल अस्पतालमा सिकलसेल एनिमिया तथा फाल्सिमियाको बारेमा सोध गर्दै आएका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. […]

सम्बन्धित