सदरलाइनडटकम
२८ बैशाख, नेपालगन्ज : नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् ।
मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए ।
मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिरमा आएका छन् । मोदीले त्यहाँ पूजा गरेका छन् ।
जानकी मन्दिरमा पूजा गरिसकेपछि ओली र मोदीले जनकपुर—अयोध्या सीधा बस सेवाको शुभारम्भ गर्नेछन् । त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा जनकपुर उपमहानगरले अभिनन्दन गर्ने कार्यक्रम छ ।
जनकपुर आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् ।
Next Post
भारतको श्रावस्तीमा वस दुर्घटना परेर एक नेपालीको मृत्यु, ३४ घाइते
२८ बैशाख २०७५, शुक्रबार ११:५३
सम्बन्धित
-
११ माघ २०७८, मंगलवार १४:१३
चरेशसहित बाँकेमा एक महिला पक्राउ
-
८ श्रावण २०८०, सोमबार १४:३३
बाँकेकी अन्सारी आयोगको सदस्यमा मनोनित
-
८ श्रावण २०७६, बुधबार १६:४३
पाकिस्तान एकै वर्षमा १६ अर्ब डलरको ऋणी
-
६ श्रावण २०७८, बुधबार १६:४३
बाघको छालासहित दाङमा दुईजना पक्राउ
-
२८ फाल्गुन २०८०, सोमबार १८:३४
उद्धार गरिदिन ओली परिवारको हारगुहार
-
१४ कार्तिक २०८०, मंगलवार १४:१४
बाँकेका पत्रकार खान भारतको कानपुरमा सम्मानित