महासंघ, प्रदेश महासचिव, सचिव र सदस्यलाई बाँकेमा स्वागत

२७ बैशाख २०७५, बिहीबार १९:०३
 

सदरलाइनडटकम
२७ बैशाख, नेपालगन्ज :  नेपाल पत्रकार महासंघ प्रदेश ५ का नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बिहिवार नेपालगन्जमा प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँकेले संयुक्तरुपमा बधाई तथा स्वागत गरेको छ ।
नवनिर्वाचित महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषी चौलागाई र प्रदेश सदस्य शिव सुनारलाई संयुक्तरुपमा बधाई तथा स्वागत गरिएको हो । बधाई तथा स्वागत कार्यक्रममा बोल्ने बक्ताहरुले प्रदेश समितिमा महासचिव, सचिव र सदस्य निर्वाचित भएकाले पत्रकार महासंघमा बाँकेको भुमिका सशक्त हुने बिश्वास लिएको बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय प्रचार बिभाग सदस्य डिल्ली बिसीले स्थानीय सरकारकारुपमा स्थापित स्थानीय तहले निर्माण गर्न लागेका सञ्चार नीति प्रेस स्वतन्त्रता मैत्री छन् की छैनन् भनेर पत्रकार महासंघले हेर्नुपर्नेमा जोड दिए । नवनिर्वाचित पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेतले आफुहरुले बाँके जिल्लाको पत्रकारिताको विकासका लागि प्राथमिकता दिने प्रतिबद्धता जनाए । महासंघका नवनिर्वाचित प्रदेश सचिव शुक्रऋषी चौलागाईले आगामी दिनमा पत्रकारिताको क्षेत्रमा बाँके जिल्लालाई बढि भन्दा बढि लाभ दिलाउनका लागि सशक्त भुमिका खेल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले प्रदेश समिति र जिल्ला शाखाबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए । कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य सुशिल शर्मा, नेपाल नगर विकास समितिका अध्यक्ष गोपाल पुन, प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिक, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल, प्रेस युनियनका बाँके सचिव अर्जुन ओलीले पत्रकारिता क्षेत्रको विकासमा प्रदेश समितिले नयाँ फड्को मार्ने बिश्वास रहेको बताए ।
यसै गरी सोही कार्यक्रममा नेपालगन्जमा लामो समय पत्रकारिता गरेर राजधानी काठमाण्डौ जानु भएका र हाल नेपालगन्जमा आउनु भएका अग्रज पत्रकार शंकर खनाललाई स्वागत गरियो ।

Next Post

स्व. रुक्मिणी शाहको १० औं वार्षिक पूण्यतिथीमा ब्रेनट्युमर पीडितलाई उपचार सहयोग

२७ बैशाख २०७५, बिहीबार १९:०३
सदरलाइनडटकम २७ बैशाख, नेपालगन्ज : बासकी पूर्ब केन्द्रीय स्व. सदस्य रुक्मिणी शाहको १० औं बार्षिक पूण्यतिथीमा बासले बाँके सीतापुर माईती भई बर्दिया ठाकुरद्धारा घर भएकी ब्रेन ट्युमर पीडित लक्ष्मी शाहीलाई उपचार सहयोगार्थ ५ हजार सहयोग हस्तान्तरण गरिएको छ । बास केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बिहीबार सो सहयोग हस्तान्तरण गरिएको हो […]