२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

जनस्वास्थ्य बाँकेको निशुल्क स्वास्थ्य शिविर राप्तीसोनारीको कुसुममा



सदरलाइनडटकम
१७ चैत, नेपालगन्ज :  जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचको कमी भएका समुदाय लक्षित विशेषज्ञसहितको स्वास्थ्य शिविर बाँकेको पूर्वी नाका राप्ती सोनारी गाउपालिकाको वडा नं. १ कुसम बैरियामा सम्पन्न भएको छ ।
जिल्ला जनस्थास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण तथा फोकलपर्शन जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले शनिबारको स्वास्थ्य शिविरबाट ३ सय ३५ जनाले स्वास्थ्य चेक जाँच गराएको जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार जनरल मेडिसिनमा ८८ जनाले, आँखामा ११४ जना, कान ८१ बालरोग ३६, स्त्री तथा पाठेघरको क्यान्सरको जाँच १६ जनाले र ल्याबबाट १८० जनाले सेवा लिएका छन् ।
सोही शिविरमा जिल्ला जनस्वास्थ्य, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँके, खानेपानी संस्थानको संयुक्त आयोजनामा राप्ती सोनारी गाउपालिका वडा नं १ का विभिन्न ८ स्थानबाट खानेपानीको मुहानको परिक्षण गरिएको छ ।
स्वास्थ्य शिविरमा भेरी अञ्चल अस्पतालका फिजिसियन डा.पारस श्रेष्ठ, नेपालगन्ज मेहिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. रोमा बोरा, डा. सन्तोष श्रीपालीसहति ३३ जनाको प्यारा मेडिकल टोलीले विभिन्न सेवा दिएको फोकलपर्शन चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ चैत १७ गते शनिबार
ताजा समाचार