पर्यटन मन्त्रीको पहिलो निर्णय, निजगढ अन्तराष्ट्रिय विमानस्थललाई तीब्रता दिईने

३ चैत्र २०७४, शनिबार १६:०१
 

सदरलाइनडटकम   
३ चैत, काठमाडौं : राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पद तथा गोपिनयताको सपथपछि मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने उल्लेख गरे ।
मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन पनि दिएका छन् ।
मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न निर्णय पढेर सुनाउँदै गर्दा मन्त्री  अधिकारीले भने–‘मुख्य प्राथमिकता निजगढ हो, यो मेरो मात्र भन्ने नठान्नुस् राज्यकै प्राथमिकताको आयोजना पनि हो ।’


भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक  

त्यसैगरी सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन ‘भिजिट नेपाल इयर’ एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीब्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन् ।
सन् २०२० मा १५ लाख पर्यटक पुर्याउने गरी भ्रमण वर्ष मनाउन लागेको हो । सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए । पदभार ग्रहणपछि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिदैँ मन्त्री अधिकारीले उच्च मनोवल र उच्च स्वाभिानका साथ परिणाम आउनेगरी काम गर्न निर्देशन दिए ।
वि.सं. २०२६ साल वैशाख २२ गते भरतपोखरी–९ कास्कीमा जन्मेका मन्त्री अधिकारी अनेरास्ववियुबाट राजनीति सुरु गरेका एमालेका प्रखर युवा नेता हुन । तीन पटक प्रत्यक्ष निर्वाचित सांसद अधिकारी व्यवस्थापनमा स्नातकोत्तर उत्र्तीण छन् ।

Next Post

कोहलपुरका महिला स्वयंसेविकालाई आयुर्वेदका बारेमा अनुशिक्षण

३ चैत्र २०७४, शनिबार १६:०१
सदरलाइनडटकम ३ चैत, कोहलपुर (बाँके) : कोहलपुर क्षेत्रमा रहेका महिला स्वयंसेविकालाई आयुर्वेदका बारेमा दुईदिने अनुशिक्षण कार्यक्रम गरिएको छ । आयुर्वेद औषधालय कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा महिला स्वयंसेविकालाई सो अनुशिक्षण गरिएको हो । दुई चरणमा संचालन भएको कार्यक्रममा आयुर्वेद औषधालयले प्रवाह गर्ने सेवा र स्थानीय जडिबुटिहरुको बारेमा […]