बालबिवाह रोक्न जनप्रतिनिधिको साझा प्रतिबद्धता

२५ फाल्गुन २०७४, शुक्रबार २०:०८
 

सदरलाइनडटकम
२५ फागुन नेपालगन्ज : बाँकेको दुर्गम क्षेत्र राप्ती पारीको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा हुने बालबिवाह अन्त्यका लागि साझा प्रतिबद्धता जनाएका छन् । बालबिवाहले समाजमा महिला हिंसाका साथै महिलाहरुको भविष्य बढाएको भन्दै जनप्रतिनिधिले बालबिवाहका विरुद्ध स्थानीय तहमा खरो रुपमा उत्रिने प्रतिबद्धता जनाएका हुन् ।
महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनकुमारी खत्री र तथा विभिन्न वडाका वडाध्यक्षहरुले बालबिवाह रोक्ने सामुहिक प्रतिबद्धता जनाएका हुन् । गाउँपालिका भित्र उमेर नपुगि बिवा गर्ने र सम्बन्ध विच्छेद्, बेरोजगारी समस्या र हिंसा समेत बढेकोले समस्याको जडका रुपमा रहेको बालबिवाहलाई नियन्त्रण गर्नुपर्ने अध्यक्ष थारुले बताए । ‘समाजमा महिलामाथि हुने सबै हिंसाको जड बालबिवाह नै हो, यसलाई कसैले पनि संरक्षण गर्नुहुँदैन’ अध्यक्ष थारुले भने, ‘अब हामीले यो कुप्रथा हटाउन केही कदम चाल्नुपर्दछ, जसले बालबिवाह गर्छ त्यसलाई कानुन अनुसारका कारबाही गराउनेछौं ।’
उनले गाउँपालिकाभित्र बालबिबाह हुन लागेको कुरा थाहा पाउने बित्तिकै रोक्ने र बालबिबाह गरिएको कार्यक्रममा सहभागि भएर भोज पनि नखाने प्रतिवद्धता जनाएका छन् । साथै उनले आश्शयक परेको खण्डमा बालबिवाहको भोजमा सहभागी हुनेलाई समेत कारबाहीको दायरामा ल्याइने चेतावनी दिए । ‘बालबिवाह विरुद्धको अभियानमा बालबालिकालाई नै सहभागी गराउँदा उपयुक्त हुन्छ, उनीहरुले गाउँमा हुने घटनाको विषयमा समेत जानकारी दिन्छन,’ उनले थपे, ‘यदी कोहीले जानाजान उमेर नपुगि बिवाह गरेको पाइएमा कारबाही मात्रै होइन, भोज भतेरमा सहभागी हुनेलाई समेत कारबाही गरिनेछ ।’ बालबिबाहलाई कानुनले अपराध मानेको हुँदा कसैले पनि बालबिबाह नगर्न र नगराउन उनले अग्रह गरे ।
यस्तै उपाध्यक्ष धनीकुमारी खत्रीले बाबालिकको भविष्यलाई अन्धाकारमा धकेल्ने प्रमुख तत्व बालबाबिवाह भइको बताइन् । जनताको काम गर्न भनेर निर्वाचित भएकाले अबदेखि हिंसा र बेरोजगारीको जडका रुपमा रहेको बालविवाहलाई अन्त्य गर्न सबैको सहयोगको खाँचो रहेको औंल्याइन् । ‘हाम्रो क्षेत्रमा चेतना अभावका कारण उमेरै नपुगी बिवाह गर्ने कुप्रथाले जरा गाडेको छ, हाम्रा बच्चाहरुको उज्वल भविष्यका लागि यस्तो कुप्रथाको अन्त्य गर्न आवश्यक छ’ उपाध्यक्ष खत्रीले भनिन्, ‘बालबिवाहका कारण महिलाहरु नै बढी पीडित भएका छन्, त्यसैले यो अभियानमा किशोरी र महिलाको सहभागीता सक्रिय हुनु आवश्यक छ ।’ तस्बीर स्केच : गुगलबाट साभार

Next Post

नेपालगन्ज उप–महानगरमा सामाजिक जवाफदेहिता मञ्च गठन

२५ फाल्गुन २०७४, शुक्रबार २०:०८
सदरलाइनडटकम   २५ फागुन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरको सेवा प्रवाहलाई जनमुखी, जवाफदेही बनाई सुशासन प्रवद्र्धनमा अभिवृद्धि गर्ने उद्देश्यले उप–महानगर प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्च गठन गरिएको छ । ५ नंम्बर प्रदेशमा पहिलो पटक स्थानीय तहमा आपसी समन्वय र सहजताका लागि यो संयन्त्र निर्माण गरिएको बताईएको छ । […]