डुडुवाको घरघरमा स्वास्थ्य सेवा अभियानको शुरुवात

२३ फाल्गुन २०७४, बुधबार १९:१७
 

सदरलाइनडटकम
२३ फागुन, नेपालगन्ज : बाँकेको डुडुवा गाँउपालिकाले बुधवारदेखि औपचारिक रुपमा घरघरमा स्वास्थ्य सेवा अभियानको वार्ड नं. ६ हिरिमिनियाको भंगघोटना गाँउबाट सुरुवात गरेको छ । सो कार्यक्रमको गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरी पप्पुले स्वास्थ्य सेवा कार्ड हस्तान्तरण गरेर अभियानको शुरुवात ग गरेका हुन ।
भंगघोटनाका स्थानीय लल्लुराम पाण्डेलाई स्वास्थ्य कार्ड हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले अब गाँउपालिकाका सम्पुर्ण नागरिकले निशुल्क स्वास्थ्य सेवा सहज र सरल रुपमा प्राप्त गर्ने बताउदै यो अभियानले नागरिकको स्वास्थ्य समस्या अन्त्य हुने विश्वास गरे ।
मानिसको स्वास्थ्यसंगै पशुको समेत निशुल्क उपचार सेवाको शुरुवात गरिएको जानकारी गराउदै उनले यो अभियान सम्भवत ः नेपाल मै पहिलो भएको दाबी गर्दै यसलाई सफल पार्न सम्पुर्ण गाउँपालिकाबासीलाई अपिल गरेका छन् ।
घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत गाँउपालिकाले सम्पुर्ण सेवाग्राहीलाई स्वास्थ्य सेवा कार्ड प्रदान गरि निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलव्ध गराउनेछ । शुभारम्भ कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहनराम मिश्रले घरघरमा स्वास्थ्य सेवा सेवामेत्री भएको बताउदै स्वास्थ्यका जुनसुकै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसंग सम्पर्क गर्न सुझाव दिए ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य उपसंयोजक बिरेन्द्रबहादुर घले, वडा सचिव मानबहादुर बोगटी, स्वास्थ्य चौकी इन्चार्ज हेमन्त शर्मा लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच बुधबारदेखि नै गाउँपालिकाको ६ वटै वडामा १९ जना स्वास्थ्यकर्मी परिचालन गरि स्वास्थ्य कार्ड वितरण शुरु गरिएको छ । स्वास्थ्यकर्मीले झोलामा औषधी र कार्ड लिएर घरका प्रत्येक सदस्यको स्वास्थ्य जाँच निशुुल्क औषधी विरतण गर्नेछन । जटिल स्वास्थ्य समस्या भएमा सुविधा सम्पन्न गाउँपालिकाकै स्वास्थ्य संस्थामा रिफर गरिने छ भने प्रयोगशाला जाँचका लागि बेतहानीमा स्थापना भएको ल्याबमा परिक्षणका लागि सिफारिस गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले करिब ४० हजार कार्ड तयार गरि वितरण शुरु गरेको जनाएको छ । यो अभियानले गाउँपालिकाका नागरिकले कुनै पनि स्वास्थ्य समस्याबाट ग्रसित नहुने विश्वास लिएको छ ।


 

Next Post

कोहलपुरमा मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

२३ फाल्गुन २०७४, बुधबार १९:१७
सदरलाइनडटकम २४ फागुन, कोहलपुर : प्रथम अन्तर माध्यामिक विद्यालय स्तरीय मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०७४ बाँकेको कोहलपुरमा शुरु भएको छ । कोहलपुरको १३ बिघा स्थित खेल मैदानमा मेयरकपको बिहीबार एक भब्यसमारोहका बिच सो प्रतियेगिताको शुरु गरिएको हो । तीन दिनसम्म संचालनमा आउने मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिताको प्रदेश सभा सदस्य बाँके […]