प्रदेस नं.६ कै ठूलो अस्पताल जुम्लामा सञ्चालनमा

२८ माघ २०७४, आईतवार १९:०१
 

सदरलाइनडटकम 
२८ माघ, जुम्ला  : नेपालकै विकट भनेर परिचित कर्णालीको जुम्लामा सुविधा सम्पन्न र ठूलो अस्पताल सञ्चालनमा आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीनसय शैयाको अस्पताल आईतबारदेखि सञ्चालनमा आएको हो । यो प्रदेश नं. ६ कै सबैभन्दा ठूलो र सुविधा सम्पन्न अस्पताल हो ।
प्रधानमन्त्री देउवाले औपचारिक रुपमा उद्घाटन गरेसँगै अस्पतालको विशेषज्ञ सेवा सबै नागरिकको पहुँचमा पुग्ने विश्वास गरिएको छ । विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि दुर्गमताको चपेटामा उपचार नपाउँदै मृत्युवरण गर्नुपर्ने अवस्थाका गरिबहरुको आशा पलाएको हो । पश्चिम नेपालकै ठूलो अस्पताल सञ्चालनमा आएपछि जुम्लावासी मात्रै होइनन् समग्र कर्णालीका नागरिकले स्वास्थ्य क्षेत्रमा ठूलो राहत महशुस गरेका छन् ।
स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउदाँ बाटैमा मुर्नपर्ने अवस्थाबाट छुट्कारा पाइने कर्णालीवासीको आशा छ । एक टाटा सिटामोल र एक पुरिया जीवन जोल नपाएर ज्यान गुमाउनु पर्ने विगतको स्थितीबाट मुक्त भइने नागरिकले विश्वास लिएका छन् ।
‘मेरी पत्नी सुत्केरी हुँदा उपचार नपाएर मुर्नप¥यो,’ तातोपानी गाउँपालिका–२ का निलो कामीले भने, ‘अब ठूलो अस्पताल बनेको छ, हामीले सिटामोल भनेकै समयमा पाउँर्छौ भन्ने आशा छ, कोहीलाई जहाज कुरेरै फर्काउनुपर्ने अवस्था नआओस । साना किसिमका समस्याहरु देखापरेपछि चिकित्सहरुले जोखिम मोल्न नसक्ने भन्दै तराईमा रेफर गथ्र्ये । कति उपचार पाउँथे भने कतिको दिनभर विमानस्थलमा जहाज कुर्दै ज्यान जाने समेत गर्दथ्यो ।
कर्णालीको स्वास्थ्य उपचारको केन्द्रविन्दुका रुपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीनसय शैयाको गुणस्तरिय भवनमा ७६ करोड लागत लागेको छ । कर्णालीमा निर्माणाधिन करोडौंका आयोजनाहरुलाई चुनौती दिँदै रसुवा कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गरी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भवन हस्तान्तरण गरेको रजिष्टार विश्वराज काफ्लेले बताए । ९१ करोडको स्टीमेट गरिएको भवनको ७६ करोडमा ठेक्का सम्झौता भएको थियो ।

Next Post

बंगलादेशी ‘रनर’ मोटरसाईकल नेपालगन्जमा

२८ माघ २०७४, आईतवार १९:०१
सदरलाइनडटकम   २९ माघ, नेपालगन्ज : नेपालगन्जमा बंगलादेशी उत्पादन ‘रनर’ मोटरसाइकल विक्रि बितरण सुरु भएको छ । आधिकारिक विक्रेता रमन मोटर्सको डिलर पार्टनरका रुपमा लक्ष्मी ट्रेड लिंकले डेढ महिना अघि मात्र नेपालगन्जको सुर्खेतरोडमा बिक्रि कक्ष खोलेर कारोवार सुरु गरेको हो । लक्ष्मी ट्रेड लिंक नेपालगन्जका अनुसार रनर मोटरसाईकल अहिलेसम्म ८ वटा […]