सदरलाइनढटकम
२९ मंसिर, नेपालगन्ज : नेपालगन्जमा बिहिवारबाट सुरु भएको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा शुक्रबार मिलन लामा, हेमन्त शर्मा लगायतका गायकहरु ‘स्टेज’ तताएका छन् । बिभिन्न गीतहरु गाएर महोत्सव हेर्न आएका दर्शकहरुलाई उनीहरुले नचाए ।
उद्घाटन पछिको दोस्रो दिन शुक्रबार गायक हेमन्त शर्मा, मिलन लामा, भुमिका गिरी, दिनेश काफ्लेले दर्शकहरुलाई गीत गाएर र हास्यब्यांग्यले मनोरन्जन दिएका थिए । शनिबार मनोज गजुरेल, इन्दिरा जोशी, चन्द्र शर्मा, प्रिती आले, रुविना अधिकारीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।


