सदरलाइनडटकम
२५ मंसिर, नेपालगन्ज : शहरी स्वास्थ्य क्लीनिक सञ्चालनको लागि नेपालगन्ज – २३ स्थित ३ कठ्ठा सरकारी जमीनमा आठ कोठे भवनको सोमबार भवनको शिलान्यास गरिएको छ । स्वास्थ्य मन्त्रालय प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको सहयोगमा नेपालगन्ज उप–महानगरपालिकाले भवन निर्माण गर्ने भएको हो ।
६५ लाख ४३ हजार लागतमा निर्माण हुने भवनको उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले एक कार्यक्रमकावीच विधिवत शिलान्यास गरे । सो भवनको निर्माणको जिम्मेवारी राधा शर्मा कन्सट्रक्शन नेपालगन्जले लिएको उप–महानगरपालिका प्राविधिक तथा योजना शाखा प्रमुख इन्जिनियर सुरज गुप्ताले जानकारी दिए ।
इन्जिनियर गप्ताका अनुसार ८ महिनाभित्र भवन निर्माण गरिसक्नु पर्नेछ । भवन निर्माणपछि सो क्षेत्रका जनताले सहज र सर्वसुलभ प्राथमिक स्वास्थय सेवा पाउने विश्वास गरिएको छ ।
Next Post
नवनिर्वाचित उम्मेदवारहरु खुशी साँटनमै व्यस्त
२५ मंसिर २०७४, सोमबार १८:५२
सम्बन्धित
-
१० जेष्ठ २०७५, बिहीबार २०:२०
गृहणी महिलालाई सेनेटरी प्याड बनाउने तालिम
-
१६ चैत्र २०७५, शनिबार १४:१५
पत्रकार महासंघको आज ६४औं स्थापना दिवस
-
१६ मंसिर २०७४, शनिबार १७:४५
‘मोहम्मद डे’मा मतमाग्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
-
६ बैशाख २०७८, सोमबार १९:२८
लुम्बिनी प्रदेश सरकारमा जसपा थपियो माओबादी केन्द्र बाहिरीयो
-
१३ आश्विन २०७५, शनिबार १४:५४
राजधानी सार्ने निर्णयलगत्तै धनगढीमा अनिश्चित्कालीन आमहडताल
-
२४ बैशाख २०७९, शनिबार १४:३०
प्रतिस्पर्धी कुरा काटेर बस्दै गर्दा घननाथ भने बैजनाथको विकासको कुरा गर्दैछन