सुशील ‘दा’ को क्षेत्र संघिय समाजबादी फोरमको कब्जा, यसरी मनायो खुसीयाली

२४ मंसिर २०७४, आईतवार १९:०१
 

सदरलाइन / रुद्र सुवेदी  
२४ मंसिर, नेपालगन्ज : बाँकेमा बहुचर्चित निर्वाचन क्षेत्र नं.२ जुन क्षेत्रबाट काँग्रेसका पूर्व सभापति सुशील कोईरालाले चुनाव लड्दै आएका थिए त्यो क्षेत्र काँग्रेसले राप्रपालाई सुम्पदा पनि आफ्नो बर्चस्व बचाउन सकेन ।
बाँके प्रतिनिधि सभामा क्षेत्र नं २ बाट संघिय समाजबादी फोरमले जीत निकालेको छ । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको कडा घेराबन्दीलाई तोड्दै संघिय समाजबादी फोरमका मो. ईस्तियाक राईले प्रतिनिधि सभामा र विजयबहादुर यादवले प्रदेश सभा २ क मा जित निकालेका हुन ।
स्थानीय निकायको मत आंकडा र सधै काँग्रेस र राप्रपाको बचस्व रहेको बाँके निर्वाचन क्षेत्र नं.२ लोकतान्त्रिक गठबन्धनले गुमाउनुको कारण आन्तरिक कलह भएको स्पष्ट देखिएको एक काँग्रेसी नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले भने‘–निक्कै दम्भ थियो जनताले गोप्य मतदान गरेर देखाई दिए ।’


राईले प्रतिनिधि सभामा २१,५७५ मत ल्याई विजयी भएका हुन । निकटतम प्रतिद्वन्दी एमालेका पशुपतिदयाल मिश्रले १५,९५१ मत ल्याएका थिए भने लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजदले ११,६२२ मत ल्याएका छन् ।
यसैगरी प्रदेश क मा संघिय समाजबादी फोरमका विजयबहादुर यादवले ११,५७४ मत ल्याई विजयी भए लोकतान्त्रिक गठबन्धनका निरन्जन सिँह सिजापतीले ७,७५१ ल्याएका थिए । प्रदेश सभा २ ख मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र हमालले ९,२११ मत प्राप्त गरी विजय हासिल गरेका छन् । हमालका निकटतम् प्रतिद्वन्दी संघीय समाजबादी फोरमका दुर्गेश कुमार गुप्ताले ८,४३२ मत प्राप्त गरे ।
यसैबीच आइतबार संघिय समाजबादी फोरमले नेपालगन्ज बजार तथा अन्य स्थानहरुमा आफ्नो विजय जुलुस निकालेको छ । बाँकेमा काँग्रेसको बुई चढेर जिल्ला समन्वय समितिमा नेतृत्व लिएको संघिय समाजबादी फोरमले काँग्रेसको प्रतिष्ठाको विषय रहेको बाँके क्षेत्र नं. २ मा काँग्रेसको भन्दा दोब्बर मतले सानदार विजय हासिल गर्दै सबैलाई चकित पारिदिएको छ ।

    


 

Next Post

बाँके क्षेत्र नं. १ र ३ मा बाम गठबन्धनको कब्जा

२४ मंसिर २०७४, आईतवार १९:०१
सदरलाइनडटकम २४, मसिर, नेपालगन्ज : गत मंसिर २१ गते भएको निर्वाचनमा बाँकेको निर्वाचन क्षेत्र नं. १ र ३ मा बामगठबन्धनले आफ्नो कव्जा जनाएको छ । ३ निर्वाचन क्षेत्र रहेको बाँकेमा दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा निर्वाचित भएका छन् । बाँके निर्वाचन क्षेत्र नं. ३ मा बाम गठबन्धनले तीनै […]