बाम गठबन्धनका उम्मेदवारहरु घरदैलो सकेर व्यक्तिगत भेटघाटमा व्यस्त

१३ मंसिर २०७४, बुधबार १८:१५
 

सदरलाइनडटकम
१३ मंसिर नेपालगन्ज : चुनावको दिन भन्दा ९ दिन अगाडि बामगठबन्धनले बाँके क्षेत्र नं. २ मा पहिलो चरणको घरदैलो सम्पन्न भएको जनाएको छ । वामगठबन्धन क्षेत्र नं.२ का उम्मेद्वार पशुपतिदयाल मिश्रले विभिन्न स्थानमा आयोजित भेला, सभालाई सम्बोधन गर्दै स्थीर सरकार र टोलटोलको विकासका लागि वामगठबन्धनको विकल्प नभएको बताएका छन् । उनले भने,‘अब तपाईका आँगनका सडकहरु कालोपत्रे हुन्छन्, घरघरमा सरकारका सेवाहरु प्रवाह हुन्छन् । ढुक्क भएर वाम गठबन्धनलाई भोट दिनुस् ।’
उनले वाम गठबन्धनको जीतले गाउँटोलको विकासलाई तीव्र बनाउने बताउँदै भने, ‘डुडुवा नाला र राप्ती नदीको कटान पूर्णरुपमा रोकिनेछ ।’ राँझा रंगीताल सडकलाई कालोपत्रे गर्नुका साथै पुरैना, बेतहनी हुँदै गढवा, नयाँवस्ती–होलियासम्मका सडकहरु कालोपत्रे गर्ने योजना तथा अध्ययन भै सकेको उम्मेद्वार मिश्रले बताए ।
बुधबार डुडुवा गाउँपालिका–५, रंगीताल, डलैपुर, तिलकपुर, गोहनवा लगायतका गाउँहरुमा घरदैलो गर्दै वाम गठबन्धनले क्षेत्र नं. २ का उम्मेद्वार मिश्र र क्षेत्र नं. २ प्रदेशसभा ‘क’ का उम्मेद्वार कामता खटिकले राप्तीघाटलाई व्यवस्थित गर्दै विद्युतिय शवदाह गृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रदेशसभा ‘क’ का उम्मेद्वार खटिकले डुडुवा स्वास्थ्य चौकीको स्तरोन्नती गरी १५ शैयाको बनाइने बताए । उनले भने, ‘स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रतिवद्धता रहेको छ । क्षेत्र नं. २ प्रदेशसभा ‘क’को घरदैलो बुधबारबाट सकिएको क्षेत्र नं. २ प्रदेशसभा ‘क’ निर्वाचन परिचालन कमिटीका सचिव राजेन्द्र कँडेलले जानकारी दिए ।
क्षेत्र नं.२ प्रदेशसभा ‘ख’को घरदैलो सकिएर उम्मेद्वार विजयकुमार गुप्ता व्यक्तिगत भेटघाटमा रहेका छन् । उम्मेद्वार गुप्ता टोल र समुदायका अगुवाहरुसँग व्यक्तिगत भेटघाटमा व्यस्त रहेका छन् । ‘घरदैलो सकिएको छ । त्यसक्रममा छुटेका मतदाताहरुसँग अहिले भेट गरिरहेको छु,’ उम्मेद्वार गुप्ताले भने ।


 

Next Post

उम्मेदवार कँडेलका पक्षमा जनमत जोडिदै, विभिन्न समुदायले साथ दिने प्रतिबद्धता

१३ मंसिर २०७४, बुधबार १८:१५
सदरलाइनडटकम १४  मंसिर, नेपालगन्ज  : एकिकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार तेजनारायण कंडेललाई विभिन्न समुदायले स्वागत गर्ने क्रम जारी रहेको छ । बुधबारमात्र नेपालगन्जका मारवाडी समुदायले सहयोग गर्ने प्रतिवद्धता सहित स्वागत गरेको उनको प्रचार सचिवालयले जनाएका छ । नेपालगन्ज धम्बोझीस्थित खजुरारोड क्षेत्रमा घरदैलो गर्ने क्रममा मारवाडी समुदायका अगुवाले एकिकृत राप्रपा(राष्ट्रवादी) पार्टीले मात्र […]