२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त देउसी भैलो



सदरलाइनडटकम
१ कात्तिक, नेपालगन्ज : केन्द्रमा बाम तालमेल भन्दा अघि नै बाँकेमा कार्यगत एकता गरी पत्रकार महासंघ बाँकेको नेतृत्वमा पुगेको प्रेस चौतारी नेपाल बाँके र प्रेस सेन्टर नेपाल बाँकेको संयुक्त टोलीले देउसी भैलो खेलेको छ ।
बाम तालमेल भएसंगै माउ पार्टीहरु बीचमा चुनावी तालमेल गर्ने भएको सहमती कार्यान्वयन गर्नको लागि संहयोग पुराउने उद्देश्यले दुई संगठनबीच एउटै व्यानरमा भैलो खेलेर बाँकेबाट एकताको सन्देश दिन खोजिएको प्रेस चौतारी बाँकेका ईन्चार्ज भेषराज बस्नेतले जानकारी दिए ।
दुबै संगठनमा आवद्ध पत्रकारहरु विभिन्न भेषभूषाका साथ एमाले पार्टी कार्यालयबाट सुरु गरेको सो सन्देस मूलक देउसी भैलो कार्यक्रम माओवादी केन्द्र, नेपालगन्ज उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, भेरी अञ्चल बस व्यावसायी संघ, नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी संघ, निर्माण व्यावसायी संघ लगायतका स्थानमा पुगेर सन्देशामुलक देउसी र भैलो खेलिएको थियो ।
सो देउसी भैलो कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष टिका विष्ट, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष जे पाण्डे, पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, अध्यक्ष ठाकुर सिंह थारु, पूर्व केन्द्रीय सदस्य जनक नेपाल, केन्द्रीय पार्षद डिल्ली विसी, शिव डोटेल, सुरेन्दू काफ्ले, महासंघका उपाध्यक्ष प्रदीप वाग्ले, रुपा गहतराजलगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

 

 

प्रकाशित मिति : २०७४ कात्तिक १ गते बुधबार
ताजा समाचार