अपानी र सर्कुल लत्याउदै एमाले बाँकेले गर्यो २७ जनाको ठाँउमा ८८ जनालाई समानुपाति उम्मेदवारको सिफारिस

२१ आश्विन २०७४, शनिबार ११:३२
 

सदरलाइनडटकम
२१ असोज, नेपालगन्ज : नेकपा एमाले बाँकेबाट संघ र प्रदेश सभाका लागि समानुपातिकमा संघमा १० र प्रदेसमा ७८ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । शुक्रबार अपरान्ह बसेको जिल्ला कमिटीको बैठकमा पार्टी सदस्य र गैर पार्टी सदस्य समेतले दावेदारी प्रस्तुत गरेको एमाले सचिव रत्न खत्रीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार समानुपातिकमा दावी गरेका ८८ जना मध्ये २ जना गैर एमाले सदस्य नाम समावेश भएको छ । सदरलाइनलाई प्राप्त जानकारी अनुसार ८८ जनाले दावेदारी गरे पनि पार्टीले तोकेको मापदण्ड पुग्ने ४४ जना मात्र रहेको र त्यसमा पनि जिल्ला कमिटीले शनिबार बुटवलमा हुने बैठकमा २७ जनाको नाममात्र सिफारिस गर्ने जानकारीमा आएको छ ।
‘प्रत्यक्ष र समानुपातिकको लागि उम्मेदवारको नाम सिफारिस गर्दा जिल्ला नेतृत्वले पार्टीको अपानी र सर्कुलरलाई समेत किनारा लगाउदै गत स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरुलाई समेत सिफारिस गरीएको छ । पार्टी जिल्ला कमिटीले नै केन्द्र र माथिल्लो कमिटीको सर्कुलरलाई किनारा लगाउनु काहासम्मको न्योचित हो’–एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने ।
उनले बिदेसमा रहेकाहरुको समेत उम्मेदवारी कायम राखि सिफारिस गरिएको दाबी गर्दै भने–‘यहाँ पार्टीमा ईमान्दारीताका साथ काम गरेकोे भन्दा पनि आफ्नो र आफ्नो गुटको त्यसमा पनि आफ्नै ‘एस म्यान’ का लागि जे गर्न पनि पछि नहट्ने पार्टी नेतृत्वको कारण संभावना भएका नेता कार्याकर्तालाई पछाडि पार्दै पार्टी सदस्य नै नभएका र बिदेशमा रहेकाहरुको नाम उम्मेदवार सूचीमा राखिनुले पार्टीका सोझा तथा ईमान्दार कार्यकर्ताको मनोभावना माथि खेल्ने काम भयो यो पार्टीको लागि दुर्भाग्य हो ।’
शुक्रबार समानुपातिक उम्मेदवार दाबी गर्नेहरुमा संसद देवराज भार, दिनेशचन्द्र यादव, पार्टीका बैकल्पिक केन्द्रीय सदस्य मो. हारुन, डम्बरराज सुवेदी, बेदनिधि प्याकुरेल, मौलाना अब्दुल जब्बार मञ्जरी, विजया धिताल, प्रमोद धिताल, अशोक कर्माचार्य , मञ्जु कोईराला, गोपेन्द्र बुढामगर (गोपी) पुजन विश्वकर्मा, अर्जुन श्रेष्ठ, नन्द विश्वकर्मा, तुलसा थापा, शान्ति शर्मा, अछरी पोख्रेल, ईता शर्मा अर्याललगायतका ८८ जनाले दावी गरेका थिए ।
‘सबैको नाम प्रदेश कमिटीमा पठाउने जिल्ला कमिटीको बैठकमा निर्णय भएको भएपनि जिल्ला कमिटीले २७ जनाको मात्र नाम पेश गर्ने गरी नामावली तयार पारेर पार्टी अध्यक्ष अशोक कोईराला प्रदेशको बैठकमा सहभागि हुन बुटवल लाग्नु भएको छ’–ती सदस्यले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस बाँकेले टुंगायो उम्मेदवारको नाम पत्रकार महासंघका पूर्व महासचिव केसी क्षेत्र नं. १ बाट प्रत्यक्षमा सिफरिस भए

२१ आश्विन २०७४, शनिबार ११:३२
सदरलाइनडटकम २१ असोज, नेपालगन्ज : नेपाली काँग्रेस बाँकेले आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा (संघ) र प्रदेश सभा निर्वाचनका लागि हुने उम्मेदवारको नामावली सिफारिस गरेको छ । नेपाली कांँग्रेस बाँकेले ३ संघीय क्षेत्र र ६ वटा प्रादेशिक क्षेत्रको लागि संसदका सम्भावित उम्मेदवारहरुको टुंगो लगाउदै सिफारिस समेत गरेको हो । […]