राप्तीपारीका बाढी पीडितको गुनासो हामी माथि बिभेद भयो

१४ श्रावण २०७४, शनिबार १९:४५
 

सदरलाइन / रुद्र सुवेदी 
१४ साउन, नेपालगन्ज: बाँके साविक फत्तेपुर गाविस हालको राप्तीसोनारी गाउपालिका–७ बाढी पीडितले राज्यले बाढी पीडित तथ्याङ्क संकलनमा आफुलाई बिभेद गरेको आरोप लगाएका छन् । चारवर्ष अघि आएको बाढीले आफ्नो सबै बगाउदा पनि राज्यले आफ्नो नाम समावेश नगरेको कारण राज्यका सुविधाबाट बञ्चित रहनु परेको उनीहरुको गुनासो समेत छ ।
राप्ती सोनारी–७ पहाडिपुरकी मोतीसिंह सरदारले बाढी आएको समयदेखि आफ्नो परिवारको नाम छुटेको भनेर पटक–पटक भन्दा र गाविसमा आएर नाम लेखाउदा पनि पीडितको लिस्टमा आफ्नो नामावली समावेश समेत नगरेको भन्दै आक्रोश पोखिन ।
उनले भनिन्–‘मेरो परिवारको नाम छुट्यो भनेर पटक–पटक नाम लेखाए तर, राहत आउने बेलामा घरै नभएका र घरमा पानी नै नपसेकाले राहत लिएर गए मैले भने न एक गेडो चामल पाए न एक धस्रो कपडा नै ।’ उनले बढीका कारण आफ्नो परिवार विचल्लीमा परेको सबैलाई थाहा भए पनि कसैले पनि आफ्नो सुनुवाई नगरेकोले अहिले भने जनप्रतिनिधि चुनिएको कारण वडा कार्यालय आएको बताईन ।
उनले बाढीले घर बगाएको ४ बर्ष पुगेपनि आफुलाई ७ जनाको परिवार पाल्नको लागि अति नै कठिन भएको बताईन । उनको साथमा रहेकी नानी सरा विष्टले बाढीले घरखेत जम्मै बगाउदा पनि आफु न आंशिक क्षति न पूर्ण क्षतिको सूचि कतैपनि आफ्नो नाम समावेश नभएको बताईन । उनले भनिन्–‘ भएको घर र खेतबारी २०७१ सालमा आएको बढीले बगायो बनको छेउमा झुप्रो हालेर बसेका थियौ त्यहाँबाट पनि डोजर लगाएर लखट्यो न बढी पीडितको लिस्टमा नाम छ ।’
२०७१ सालमा आएको बाढीले बाँकेमा आंशिक र पूर्णक्षति भएका बाढी पीडितको नामावली संकलन भएको फिल्डमा खटेका कर्मचारीको लापरबाहीको कारण बास्तबिक पीडितलाई छुटाएर काल्पनिक पीडित खडा गरेको कारण समस्या आएको बाढी पीडित संघर्ष समिति फत्तेपुरका दुर्गाप्रसाद पाण्डेले बताए ।
फत्तेफुरका गोहवा थारु, भग्गु साई, भोल्लन मल्लाह, बलिराम थारु, हरीराम थारु, सितादेबी शाह, पुनिराम थारु, तारादेवी अधिकारी लगायतका बाढीपीडितहरु आफ्नो सबै बाढीले बगाउदा पनि राज्यले आफुहरु प्रति विभेद गरेर नाम छुटाई दिएको आरोप लगाए ।
उनीहरु एकै स्वरमा भन्छन्–‘फत्तेपुरमा जमिन मात्र भएको तर घर नभएकाहरु कसरी पूर्ण क्षतिमा परेर राहतदेखि घर बनाउने रकम समेत पाउन सफल भए त्यसको छानविन हुन पर्छ ।’ उनीहरुले सल्यान घर भएका फत्तेपुरको सुनपुरवामा जमिनमात्र भएका थले कुँवरले पूर्ण क्षतिको लिस्टमा परेर राहत लिएको दावी गर्दै भने–‘जसको सुनपुरवामा घरै छैन उ पूर्ण क्षतिमा पर्ने जसको सबै बगाएको छ । त्यो आंशिकमा पनि नपर्ने यो विभेद होईन ।’
यसैबीच राप्ती सोनारी गाउपालिका वडा नं. ७ का नवनिर्बाचित वडा अध्यक्ष रामलखन थारुले दिनहुँ बाढी पीडितहरु राहत नपाएको र आफुहरुको नाम पीडितको लिस्टमा समाबेस नगरेको भन्दै आक्रोश पोख्न आउने गरेको बताए ।
उनले भने–‘ तत्कालिन फत्तेपुर गाविसमा भएको बाढी पीडितको तथ्याङ्क अनुसार पूर्ण क्षतिको ७ सय ४ परिवार मात्र रहेको भन्ने तथ्याङ्क थियो जुन आफैमा विबादित रहेको थियो तर, अहिले बाढी पीडित पुनरबास भनेर ७ सय ४ मध्ये १ सय ३४ जनाको मात्रै नाम आएकोले आक्रोश बढेको छ ।’
उनले आफु निर्वाचित भएर आए लगत्तै जिल्ला दैविप्रकोप उद्दार समिति बाँकेमा बाढी पीडितको लागि पुनरबास कार्यक्रम अन्तरगत राप्ती सोनारी गाउपालिका–७ मा १ सय ३४ जनाको मात्र पूर्ण क्षति भनेर समेटिनु त्रुटीपूर्ण भएको भन्दै सो सच्याउन ध्यानाकर्षण गराएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीयको बिरोधको कारण आईतबारदेखि नेपालगन्जको फोहर व्यस्थापनमा समस्या

१४ श्रावण २०७४, शनिबार १९:४५
सदरलाइनडटकम १५ साउन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको फोहर आईतबार (आज) बिहानदेखि उठ्न सकेको छैन । आफ्नो डम्पिङ्ग साईड निर्माणाधिन रहेको र दैनिक संकलन तथा उत्पादन हुने फोहर व्यवस्थापनको लागि नगरको आफ्नै ठाँउ नभएको कारण समस्या भएको हो । आईतबार बिहान ४ टेक्टर मात्र फोहरको व्यवस्थापन गर्न सकिएको उपमहानगरका फोहर व्यवस्थापन […]