चिकित्सक माथि दुव्र्यहारको विषयमा भएको आन्दोलनका कारण विरामीलाई सास्ती

५ श्रावण २०७४, बिहीबार ००:११
 

सदरलाइन / सपना विष्ट
४ साउन , नेपालगन्ज : उपचारको विषयलाई लिएर विरामीका आफन्तले चिकित्सक माथि हातपात र अस्पतालमा तोडफोड भएको भन्दै बाँकेका बिभिन्न अस्पतलाहरुमा कार्यरत चिकित्सक आन्दोलित हुँदा जनजीवन प्रभावित भएको छ । अस्पताल ठप्प पारी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछी उपचारका लागि आउने बिरामीहरुको बिचल्ली भएको छ ।
गत असार २८ गते विरामीको उपचारमा चिकित्सकको लापरवाही भएको भन्दै एक समुहले नेपालगन्जमा सञ्चालनमा रहेको माँ जानकी अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादब माथी हातपात गर्नुका साथै अस्पताल तोडफोड गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।
घटना तत्काल कुनै प्रतिक्रिया नजनाएका चिकित्सकहरु साउन ३ गते मङ्गलवारदेखि भने एकाएक आन्दोलित भएपछि उपचारका लागि आउने गरेका बिरामीहरु ठूलो मर्कामा परेका छन ।
हात्तिपाईलेको संक्रमण भएका कोहलपुरका नारायण भटराईको उपचारमा अन्य कुनै उपाए नभएपछी नेपालगन्जमा रहेको माँ जानकी अस्पतलाले काठमाण्डौमा रेफर गरेको थियो । तर काठमाण्डौमा खुट्टा काटनु परेपछी जानकी अस्पतालका चिकित्सक डा. श्यामसुन्दर यादबको लापरबाहीका कारण खुट्टा काटनु परेको दाबी गर्दै बिरामीका आफन्तहरुले गत असार २८ गते अस्पतालका प्रबन्धक यादब माथी हातपात र तोडफोडमा उत्रेका थिए ।
नेपाल चिकित्सक संघ भेरीका सचिब डा. आरके झाले अस्पताल र चिकित्सक माथि भएको आक्रमणको बिरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रिएको बताए । आफुहरुलाई असुरक्षाको महसुस भएकै कारण आफुहरुले आपतकालिन बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रनु परेकोे उनको भनाई रहेको छ ।
दैलेखका विरामी कुरुवा सिपी पोखरेलले सामान्य समस्यामा पनि चिकित्सकहरु आन्दोलनमा उत्रिएर अस्पताल ठप्प पारेपछी आफ्नो विरामीको अवस्थाको बारेमा चिन्ता लागेको बताए । उनले उपचारको लागि दैलेखबाट नेपालगन्ज आउदा अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीले नहेरे पछि आफ्नो विरामीको समस्या जस्ताको त्यस्तै रहेको गुनासो गरे ।
चिकित्सकहरु आकस्मिक कक्षका बाहेक सबै सेवाहरु ठप्प पारेर आन्दोलनमा उत्रिएपछी टाढाबाट चेकजाँचका लागि आएका बिरामीहरु अलपत्र परेका छन् । नेपालगन्जको भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज , शिक्षण अस्पताल कोहलपुर, वेष्ट्रन अस्पताल नेपालगन्ज, सिद्धार्थ अस्पताल नेपालगन्ज लगाएतका सबै अस्पताल र निजी क्लिनिकहरु ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सर्बसाधारणहरुले भने पाउनुसम्म दुख पाएका छन ।
जाजरकोटकी ममता गिरीले एक जना बिरामी र चिकित्सकका बिचको बिबादका कारण स्वास्थ्य सेवा जस्तो संबेदनशिल क्षेत्रमा सेवा सुबिधा बन्द गर्नु राम्रो नभएको भन्दै तत्काल सेवा सुचारु गर्न माग गरिन ।
यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले माँ जानकी अस्पतालका संञ्चालक डा. यादवले दिएको उजुरीको आधारमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरी दुई जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाउदै आन्दोलन फिर्ता लिन र नियमित काममा फर्कन सम्पूर्ण चिकित्सकलाई आग्रह गरेको जानकारी दिए ।
यता सो आन्दोलनको भेरी अञ्चल अस्पताल विकास समिति कर्मचारी इकाई कार्यसमिति नेपालगन्ज र नेपाल नर्सिङ संघ बाँकेले चिकित्सकहरुको आन्दोलनमा एक्यबद्धता जनाएको छ । समितिका अध्यक्ष अर्जुन जंग शाह र संघकी अध्यक्ष लक्ष्मी केसीद्धारा जारी छुट्टा छुट्टै विज्ञप्तिमा पेशागत असुरक्षा पैmलाउने व्यक्तिमाथि कानुनी कारबाही नगर्दासम्म चिकित्सकहरुको आन्दोलनमा आफुहरुको पूर्ण समर्थन रहेको भनिएको छ ।
सो घटनाको बारेमा बुझ्न घटनास्थल पुगेका युवा संघ नेपालका दुई जना कार्यकर्ता उपर प्रशासनले अनाहकमा मुद्दा लगाएको भन्दै संघले कोहलपुरमा १ घण्टा चक्काजाम गरेको छ । संघका अध्यक्ष किशोर थापाले आफ्ना कार्यकर्तामाथि लगाईएको मुद्दा अबिलम्ब फिर्ता गर्न माग गर्दै नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोविन्द बने भारतको १४ औ राष्ट्रपति

५ श्रावण २०७४, बिहीबार ००:११
सदरलाइनडटकम  एजेन्सी : भारतको नयाँ राष्ट्रपतिको रुपमा भारतीय सत्तारुढ गठबन्धनका उम्मेदवार रहेका भारतीय जनता पार्टीका दलित नेता रामनाथ कोबिन्द विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी प्रतिपक्ष दलकी मिरा कुमारलाई पराजित गरी भारतको १४ औं राष्ट्रपतिको रुपमा निर्वाचित हुन सफल भएका हुन । कोविन्दले ६५. ३५ प्रतिशत मत प्राप्त […]