खासकुस्माका ५५ जना जेष्ठ नागरिक सम्मानित हुँदा दंग

२६ असार २०७४, सोमबार १९:४३
 

सदरलाइनडटकम   
२६ असार नेपालगन्ज : केही दिन अघिमात्र सामाजिक सुरक्षा भत्ता बुझेकी राप्ती सोनारी–१ की ९१ वर्षिया पुनी दमाईलाई वडा कार्यालयमा बोलाएर हातमा छाता, टर्च, दोसल्ला र हर्लिक्स राखिदिदा उनी दंग परिन । उनी जस्तै राप्ती सोनारी–१ कै ८५ वर्षिया नेभाकुमारी सुवेदीले पनि तिन छक परिन । वडा कार्यालयबाट वडा सचिव खिमप्रसाद पाण्डेले वडा भरीका ८५ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई कार्यालयमा आउनको लागि खबर पठाएकोेले सहयोगीको साथमा आएका उनीहरुमा सम्मान सहित सामाग्री पाउदा खुसिले गदगद थिए ।
जिल्ला समन्वय समिति बाँकेले लक्षित वर्ग उत्थान कोषबाट बाँकेका तत्कालिन ३ गाविस का ८५ वर्षका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत खासकुस्मा गाविस हालको राप्तीसोनारी गाउपालिका–१ का जेष्ठ नागरिकलाई सम्मान गर्दा उनीहरुले सो सामान पाएका हुन । राज्यबाट सामाजिक सुरक्षा भत्तामात्र पाउदै आएका जेष्ठ नागरिकहरु राज्यबाटै सम्मान पाउदा गदगद भएका हुन ।
हातमा हर्लिक्स, छाता र टर्च काँधमा दोसल्ला लिएकी ९१ वर्षिया पुनीले प्रसन्न मुद्रामा भनिन–‘ भत्ता त अस्ति नै बुझेथे किन रैछ बोलाएको भन्दै सकी नसकी आएकी यै दिन रै छ ।’ उनले आउन जानलाई भाडा वापत पाँचसय पनि पाएको बताईन । उमेरले ९१ बसन्त पार गरीकी यी जेष्ठ नागरिक महिलाले राज्य र विभिन्न संघसंस्थाले गर्ने सम्मानका कारण आफुले घरमा पनि सबै परिवारले आदर सम्मान गर्ने गरेको बताईन ।
सम्मानित भएपछि ८५ वर्षिया नेभाकुमारीले तागतको लागि हर्लिक्स र हिड डुल गर्नको लागि घाम पानीबाट जोगिन छाता राती अध्यारोमा टर्चले ठूलो सहयोग गर्ने बताईन । नजिकै रहेका ८५ वर्ष कै टिकाराम कुमाल, ८५ वर्षिया सुन्तली कुमाल, ८५ वर्षका हनुमान खुना, ८५ वर्षिया हेमकुमारी पुन लगयतका जेष्ठ नागरिकले आफुहरु सम्मानित भएपछि खुसी ब्यक्त गरे ।
९३ वर्षिया कौशलादेबी शर्मा कि छोरी आशा केसीले राज्यले जेष्ठ नागरिक प्रति गरेको सम्मानले घर परिवारलाई समेत अझ उनीहरु प्रति जिम्मेवारी बढाएको बताईन । उनले भनिन–‘मेरी आमा ९३ वर्षकी हुनु हुन्छ हिडडुल गर्न पनि गाह्रो छ वडा कार्यालयबाट जेष्ठ नागरिकलाई सम्मान गर्ने खबर पुगेपछि उहाँलाई ल्याउन नसके पनि प्रतिनिधिको रुपमा आएकी हु । राज्यले दिएको यो सम्मानले आमा प्रति हाम्रो जिम्मेवारी अझ थपेको छ ।’
एक किलो हर्लिक्स, छाता, टर्च र दोसल्लाले जेष्ठ नागरिकलाई सधै नपुग्ने तर, राज्यले पनि परेको बेलामा सामाजिक सुरक्षा भत्ता दिन्छ, औषधी उपचारको लागि सहयोग गर्छ त्यसको साथमा घरपरिवारलाई पनि जोड्न र जेष्ठ नागरिकको सम्मान आदर सत्कार बढाउन पुलको काम गर्ने दाबी बाँके निर्वाचन क्षेत्र नं. १ का सांसद देबराज भारको बुझाई छ । उनले राज्यले जेष्ठ नागरिक प्रति सम्मान र संरक्षणको लागि सामाजिक भत्ता दिन सुरु गरेको बताए ।
राप्ती सोनारी गाउपालिका वडा नं. १ का नव निर्वाचत वडा सदस्य रुद्रमणी ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ५५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
तत्कालिन जिल्ला विकास समिति बाँकेले लक्षित वर्ग समूह कोष अन्तरगत बाँकेका तीन गाविसलाई छनौट गरी ती गाविसमा रहेका ८५ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत बाँकेका सितापुर, नरैनापुर र खासकुस्मा गाविस छनौटमा परेको जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मिनबहादुर मल्लले जानकारी दिए ।
उनले जेष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षा भत्ता दिएको भएपनि जिल्ला समन्वय समिति बाँकेले पनि आफ्नो लक्षित वर्ग समुह कोषबाट जेष्ठ नागरिकको सम्मान गर्ने परिपाटी स्थानीय स्तरबाट सुरुवात गरेको दावी गरे । उनले प्रत्यक जेष्ठ नागरिकलाई एक किलो हरलिक्स, एउटा टर्च, छाता एउटा, दोसल्ला एक र आउन जानको लागि यातायात बापत रु ५ सय उपलब्ध गराईएको जानकारी दिए ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी तथा डुवानबाट जोगिन तथा क्षती न्यनीकरण गर्न पूर्व अभ्यास

२६ असार २०७४, सोमबार १९:४३
सदरलाइनडटकम २६ असार, नेपालगन्ज : बाँकेमा बाढी र डुवानबाट जोगिनको लागि वर्षा लागेसंगै बाँकेमा बाढि पुर्व तयारी थालिएको छ । प्रत्येक वर्ष वर्षायाममा बाँकेमा बाढिको प्रकोपले ठूलो धनजनको क्षति हुँदै आएकाले यस वर्ष पनि वर्षाको शुरुवातसंगै बाँकेमा बाढिको पुर्व तयारी शुरु गरिएको हो । बाढि पुर्व तयारी अनुसार नै सोमबार   […]